अझै पनि ६४.४% उद्योगमा जेनेरेटर प्रयोग : परिसंघ

नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरी औद्योगिक अवस्थिति प्रतिवेदन तेस्रो अङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाबारे विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । सो प्रतिवेदनले अझै पनि ६४.४ प्रतिशत उद्योगले विद्युतका लागि जेनेरेटर प्रयोग गर्ने गरेको जनाएको छ । विद्युतको आपूर्तिमा आउने समस्याका कारण धेरैजसो उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनमा औंल्याइएको छ ।

सम्बन्धित सामग्री

कृषि क्षेत्रमा प्रविधि भित्र्याउन ब्राजिल सकारात्मक

नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ ।कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको छ ।अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक समृद्धिका लागि काम […]

ब्राजिलको प्रविधि नेपाल भित्र्याउने विषयमा परिसंघ र दूतावासबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोग बीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रूपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको हो । राजदूत हार्टोगसँगको छलफलमा संघका अध्यक्ष...

कृषिमा ब्राजिलको प्रविधि नेपाल भित्र्याउनेबारे परिसंघ र दूतावासबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको हो । राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, […]

बजेटमार्फत उत्पादन दशक मनाउने घोषणा स्वागतयोग्य : उद्योग परिसंघ

जेठ १८, काठमाडौं । नेपाल उद्योग परिसंघले बजेटमार्फत सरकारले उत्पादन दशक मनाउने घोषणा गरेकोमा स्वागतयोग्य भएको बताएको छ । परिसंघले मेक इन नेपाल अभियानमा सहयोग गर्नेगरी बजेट घोषणा भएको भन्दै कार्यान्वयनका लागि आग्रह गरेको छ । बुधवार परिसंघले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘उत्पादनमा वृद्धि मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९–०८९ सञ्चालन गर्दै उत्पादन वृद्धि, रोजगारी सृजना र निर्यात लक्षित व्यापार अभिवृद्धि कार्यक्रम प्रारम्भ गर्ने घोषणालाई परिसंघ स्वागत गर्दछ ।’ परिसंघले उत्पादन, निर्यात प्रबर्द्धन र आयात प्रतिस्थापन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी औद्योगिकरण र कृषिलाई केन्द्रबिन्दुमा राखी आएको बजेटले उत्साहित बनाएको बताएको छ । ‘बजेटमार्फत् नेपाली अर्थतन्त्रको स्वरूप परिवर्तन गरी उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्ने घोषणा हुनुलाई परिसंघले सकारात्मक रूपमा लिएको छ’,विज्ञप्तिमा भनिएको छ, ‘यसबाट नेपालमा उत्पादन भएका वस्तु उपभोगमा वृद्धि भई स्वदेशी उद्योग विस्तारमा योगदान पुग्नेछ ।’ सरकारले बजेटमार्फत् उद्योग स्थापनाका लागि जग्गाको हदबन्दी पुनरावलोकन गर्ने घोषणा गर्नुलाई परिसंघले उपलब्धीका रुपमा लिएको छ । ‘यसले नेपालको औद्योगीकरणमा बाधक तत्वको रूपमा रहेको जग्गा प्राप्ति एवम् उपभोगमा सहजीकरण पुग्ने विश्वास छ’ परिसंघले भनेको छ, ‘बजेटमा उद्योगलाई ५० वर्षसम्म जग्गा लिजमा दिइने र हदबन्दीभन्दा धेरैको जग्गा धितो राख्ने एवम् टाट उल्टेमा विक्री गरी सरकारी राजस्व तिर्न र बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था गरिनु स्वागतयोग्य छ ।’  विदेशी लगानी आकर्षित गर्न घटाइएको सीमाले सहजीकरण गर्ने र अपार्टमेन्टको २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा खरीद गर्न दिने घोषणा सही रहेको परिसंघको ठम्याइ छ । बजेटले उत्पादनमूलक उद्योगको स्थापनामा प्रोत्साहन गर्ने, लघु, घरेलु एवम् साना उद्योगलाई अग्र तथा पश्च एकीकरणमा जोड्ने, कुल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा बढाउने गरी पूर्वाधार विकासका काम गर्ने, स्टार्टअप व्यवसायमा शुरुवाती पूँजी उपलब्ध गराउने, भेन्चर क्यापिटलमार्फत नवप्रवर्तनमा पूँजी व्यवस्थापन गर्ने विषय समेटिएको भन्दै परिसंघले प्रशंसा गरेको छ । साथै उसले उत्पादनशील क्षेत्र र व्यवसायिक क्षेत्रको ब्याजदरमा अन्तर कायम गर्ने घोषणाले उत्पादनमूलक क्षेत्रमा वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको बताएको छ । परिसंघले नेपालमा नवप्रवर्तन एवम् लघु, घरेलु तथा साना र मझौला उद्योगको प्रवर्द्धनका लागि परियोजना धितोमा कर्जा उपलब्ध गराउने घोषणा शीघ्र कार्यान्वयन गरिनुपर्नेमा पनि जोड दिएको छ । साथै उसले सरकारी तथा सार्वजनिक निकायहरुमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख भए बमोजिम स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउन १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु नै खरीद गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वनका लागि आग्रह गरेको छ ।

प्राधिकरणको बेथिति अन्त्य गर्ने मन्त्री आलेको घोषणा

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले स्वदेशी बस्तु प्रवर्द्धनलाई अगाडि बढाइरहेको बताए। उनले लोगो हेरैरै नेपाली बस्तु प्रयोग गर्ने वातावरण तयार पार्न परिसंघ लागि परेको स्पष्ट पारे।...

आयात प्रतिस्थापनमा स्वदेशी उत्पादनको प्रयोग बढाऔँ : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले बढ्दो व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिएको छ । मेक इन नेपाल ‘स्वदेशी’ अभियान संचालन गरेको परिसंघले रोजगारी बढाउन, उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि पनि स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्ने जनाएको छ । मेक इन नेपाल ‘स्वदेशी’ अभियानको एप सार्वजनिक एवम् यो अभियानबारे जानकारी दिन...

अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन माग

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स कोरोना महामारीको समयमा अत्यावश्यकीय सामग्री ढुवानी तथा आपूर्ति सहज बनाउन माग गरेका छन् ।निजी क्षेत्रका अग्रणी संस्थाहरुले कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण भएपनि हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आपूmसँग मौज्दात रहेको सिलिन्डर ग्यास उत्पादक वा नजिकको अक्सिजन […]