अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले उत्पादनमुलक उद्योगसँगै होटल र पर्यटन क्षेत्रले प्रयोग गर्ने विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको जानकारी दिएका छन् ।
शनिवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पहिलो साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
यसअघि सरकारले कोरोना कहरबाट प्रभावित उद्योगलाई विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेपनि होटल र पर्यटन क्षेत्रलाई विद्युत प्राधिकरणले छुट दिएको थिएन । तर अब भने होटल तथा पर्यटन उद्योगले पनि डिमाण्ड छुट पाउने भएका छन् ।
पर्यटन क्ष...