भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ। ती अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्।
पश्चिम क्षेत्रका विभिन्न जिल्ला अस्पतालको उपचार र होम आइसोलेसनमा बस्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अधिकांश बिरामी नेपालगन्जका अस्पतालमा आएर भर्ना भएका हुन्। बाँके जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार भेरी अस्पतालमा बुधबार बेलुकीसम्म २ सय २८ जना संक्रमित भर्ना छन्।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ सय १८ जना र शिक्षण...