रौतहट : केही दिनदेखि बढेको गर्मीका कारण मध्य तराईमा विभिन्न रोगको संक्रमणका बिरामी बढेका छन्। चन्द्रपुरस्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ।भाइरल ज्वरो, वाकवाकी, ज्वरो, झाडापखाला, रुघाखोकी, न्यून रक्तचाप र सर्पदंश लगायतका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ। गर्मी बढेसँगै चन्द्रनिगाहपुर सरकारी अस्पतालमा दैनिक २५० देखि ३०० जनासम्मका विभिन्न रोगका बिरामी आउने गरेको अस्पतालका प्रमुख अभिनन्दन श्रीवास्तवले जानकारी दिए। अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पता