काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा प्रधानमन्त्री केपी ओलीसहित चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाई आज हुँदैछ ।
अदालतमा विचाराधीन मुद्दालाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै परेका छुट्टाछुट्टै चार रिटको आज (बिहीबार) एउटै बेन्चमा सुनुवाइ तोकिएको छ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरे र पूर्व प्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले अवहेलान मुद्दा दायर गरेका हुन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलाना मुद्दा दर्ता भएको हो ।
अदालतको अवहेलनामा दोषी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।