पूर्व मुख्य सचिव लीलामणि पौडेलले जनताले उचित विकल्प पाएमा अहिलेका राजनीतिक दलहरु विस्थापित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पौडेलले आफूले यसपटकको स्थानीय निर्वाचनमा मतदातालाई नजिकबाट बुझ्दा जनताले उम्मेदवार छनोटको विकल्पसमेत नभएको बताएका छन् ।