परराष्ट्र सचिव भरतराज पौडेल दुई दिनका लागि भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा उनी भदौ २८ गतेदेखि भारत भ्रमणमा जाने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।भदौ २८ गते नै दुई देशको सचिवबीच भेटघाट हुनुको साथै दुई देशबीच हुने सहयोग तथा दुई पक्षीय मुद्दाको विषयमा छलफल हुने बताइएको छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणको क्रममा गरेका विभिन्न घोषणाहरूबारे के कस्तो प्रगति भए ती विषयमा पनि पौडेलको भ्रमणका क्रममा