नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभएको छ । बुधबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले माओवादी जनयुद्धको जगमा आएको परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेकाले परिवर्तनकारी शक्तिका बीचमा साझा धारणाका साथ एक ठाउँमा आउनुपर्ने बताउनुभयो । सचिव पौडेलले भन्नुभयो, “यतिबेला माओवादी अध्यक्ष प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी देशी–विदेशी शक्तिहरू लागिपरिरहेका …