परराष्ट्र सचिव पौडेल अर्को साता भारत जाने

२४ भदौ, काठमाडौैं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल अर्को साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणमा आगामी मंगलबार (२८ भदौ)मा भारत जाने छन् । भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच आपसी सहकार्यका विषयमा छलफल हुने परराष्ट मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव पौडेल २९ गते नेपाल फर्किनेछन् ।