पर्यटन क्षेत्रका श्रमिकहरुले सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्यवृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पर्यटन क्षेत्रका श्रमिक संगठनहरु नेपाल टे«किङ ट्राभल्स ¥याफ्टिङ एयरलाएन्स श्रमिक युनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयू) ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘इन्धनमा भएको मूल्यबृद्धिसँगै सार्वजनिक य