इन्धनको मूल्यवृद्धिले श्रमजीवी जनतालाई गम्भीर असर, फिर्ता लिन माग

नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले तत्काल इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले बुधबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धिले श्रमजीवी जनतालाई गम्भीर असर परेको उल्लेख गरिएको छ । ‘आधारभूत तहका जनताको जीवनसँग जोडिएको अत्यावश्यक वस्तु इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई हार्दिक अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘आयल निगमभित्र हुने चुहावटलाई रोक्दै आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाउनुको सट्टा घाटाको स

सम्बन्धित सामग्री

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै व्यापारीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । ‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई […] The post फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै व्यापारीको प्रदर्शन (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने मागसहित प्रदर्शन (फोटो फिचर)

काठमाडौं– काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरूले शुक्रबार प्रदर्शन गरेका हुन् ।  ‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरूको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्यान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका […]

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै व्यापारीको प्रदर्शन

काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । ‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्यान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बाध्यता हो, संविधानमा लेखिएको

प्रेस युनियनद्वारा प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग

लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसद्मा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । यही साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा सम्पन्न युनियनको नवौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न र आम सञ्चार छाता ऐन निर्माण गर्नसमेत माग गरेको छ । काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले श्रमजीवी ऐन पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सञ्चार प्रतिष्ठानको ध

इन्धनको मूल्यवृद्धि फिर्ता लिन यातायात स्वतन्त्र मजदूर संगठनको माग

काठमाडौँ। नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले तत्काल इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले बुधबार एक विज्ञप्ती जारी गर्दै श्रमजीवी जनतालाई गम्भीर असर परेको भन्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको हो।

संस्थागत बीमा अभिकर्ता निर्देशिका खारेज गर्न अभिकर्ताको माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा समितिले गत हप्ता जारी गरेको संस्थागत बीमा अभिकर्ता निर्देशिका–२०७८ को विरोध गरेको छ । समितिले जारी गरेको उक्त निर्देशिका व्यक्तिगत बीमा अभिकर्ताको व्यावसायकि हकहितविरुद्ध भएको संघको ठहर छ । संघले विज्ञप्ति नै जारी गरेर उक्त निर्देशिकाप्रति खेद प्रकट गरेको हो । लाखौं अभिकर्ताको रोजी–रोटी खोसेर सीमित माफियाको हितका लागि उक्त निर्देशिका ल्याइएको भन्दै संघले त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको छ । साथै, यसलाई तत्काल खारेज गर्न माग गरिएको छ । बीमा समितिले गत हप्ता उक्त निर्देशिका जारी गर्दै सबै प्रकारका संगठित संस्था (कम्पनी)लाई संस्थागत बीमा अभिकर्ताको इजाजतपत्र दिने व्यवस्था गरेको थियो । त्यसअनुसार कुनै पनि संगठित संस्थाले आफ्नो विधानमा बीमा अभिकर्ता भएर काम गर्न पाउने उल्लेख गरेमा यस्तो इजाजत पाउनेछन् । यसरी समितिले संगठित संस्थालाई अभिकर्ता बनाउँदा व्यक्तिगत अभिकर्ताको रोजीरोटी नै धरापमा पर्ने संघले बताएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले समितिको उक्त निर्देशिका श्रमजीवी अभिकर्ताको व्यावसायिक हकविरुद्ध भएको बताए । समितिले उक्त निर्देशिका तत्काल फिर्ता लिनुपर्ने उनको भनाइ छ । ‘अहिले समितिले ६ लाख व्यक्तिगत बीमा अभिकतालाई इजाजतपत्र दिएको छ । उनीहरूले नै राम्रोसँग व्यवसाय पाउन सकेका छैनन्,’ उनले भने, ‘यो अवस्थामा सबै किसिमका संस्थालाई बीमा अभिकर्ता बनाउने भनिएको छ, त्यसो गरियो भने बीमा अभिकर्ता पलायन हुने अवस्था आउँछ । त्यसैले, यसलाई तत्काल फिर्ता लिनुपर्छ ।’ साथै अभिकर्ताहरू यो पेशा छाडेर अन्त जाने अवस्था पनि नभएको उनले बताए । ‘हामी २०÷३० वर्षदेखि यही क्षेत्रमा कार्यरत छौं । अन्य कुनै काम जानेका छैनौं,’ उनले भने, ‘यो अवस्थामा हामी यो क्षेत्रबाट पलायन भएर कहाँ जाने ? यो निर्देशिका फिर्ता लिनुपर्छ, अन्यथा हाम्रो रोजीरोटीको ग्यारेन्टी गर्नुपर्छ ।’ बीमा समितिले कुनै एउटा स्टेक होल्डरको पक्षमा मात्र काम गर्न नहुने संघको भनाइ छ । समितिले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । बीमा समितिका पछिल्ला निर्देशनहरूले बीमा अभिकर्ता नराम्ररी प्रभावित भएको बताइएको छ । बीमा समितिले गत वैशाखमा एक निर्देशन जारी गर्दै अभिकर्तालाई कर्जा दिन रोक लगाएको छ भने लगेको कर्जा पनि यथाशीघ्र असुल गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कोरोना महामारी र यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले बीमा व्यवसाय प्रभावित भएको अवस्थामा समितिले अभिकर्तालाई पेल्ने काम गरेको संघको भनाइ छ । संगठित संस्थाहरूले बीमाबारे उचित रूपमा बुझाउन समेत नसक्ने संघको जिकीर छ । बीमा व्यवसाय नितान्त प्राविधिक विषय भएको भन्दै संघले संगठित संस्थाहरूबाट यसको सेवा उचित रूपमा प्रवाह नहुने बताएको छ । ‘बीमालाई सामन्तहरूले नयाँ ढंगले श्रमजीवीहरूको श्रम तथा आर्थिक शोषण गर्ने थलो बनाउने लालच पालेको देखिन थालेको छ । बीमा समितिले यही जेठ २६ गते बुधवार जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ ले नेपालको जीवन बीमा व्यवसायलाई नै धराशयी बनाउने हाम्रो निष्कर्ष छ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘संस्थागत अभिकर्ताको नाममा बैंक, वित्त कम्पनी, मनी ट्रान्सफर, डिजिटल भुक्तानी प्रदायक, सहकारी जस्ता संस्थालाई जिम्मा दिने हो भने अथक परिश्रमबाट जनताले गरेको बचत रकमको समेत दुरुपयोग हुनेछ र सिङ्गो बीमा व्यवसाय नै धराशयी हुनेछ ।’