इन्धनको मूल्यवृद्धि फिर्ता लिन यातायात स्वतन्त्र मजदूर संगठनको माग

काठमाडौँ। नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले तत्काल इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले बुधबार एक विज्ञप्ती जारी गर्दै श्रमजीवी जनतालाई गम्भीर असर परेको भन्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको हो।