पर्वत : गत असार ३१ मा बजेट पास गर्नका लागि मार्सल लगाएर जबरजस्ती चलेको गण्डकी प्रदेशको संसद् बैठक दुई महिनापछि बस्ने तयारी भएको छ।पृथ्वीसुब्बा गुरुङको सरकार ढलेपछि नेपाली कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको नयाँ सरकारले पूर्व सरकारका योजनाहरू कटौती गरेको भन्दै प्रतिपक्षी एमालेले विरोध गर्दै आएको थियो।बजेट पास नै गर्न नदिने अवस्थामा मार्सल लगाएर जबरजस्ती बजेट पास गराएको गठबन्धन सरकार त्यसपछि बस्ने संसद् बैठक एमालेबाट पुन अवरुद्ध गरिन सक्नेमा ढुक्क थियो। पूर्व सरकारले लागू