काठमाडौं : बागमती र गण्डकी प्रदेशले आज मुख्यमन्त्री पाउने भएका छन्। बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न सम्बन्धित प्रदेशका राजनीतिक दलहरुलाई पुस २१ गते आह्वान गरेका थिए। दुवै प्रदेशमा कुनै एकल पार्टीको बहुमत नभएका कारण संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान भएको छ। हिजो साँझ केन्द्रका सत्तारुढ दलहरुबीच प्रदेशका विषयमा भागवण्डा मिलेपछि दुवै प्रदेशमा आज दाबी पे