चितवनमा एमाले महाधिवेशनको सरगर्मी

यो हो चितवनको नारायगढस्थित नारायणी नदी किनार, यही ठाउँ हो जहाँ नेकपा एमालेले मंसिर १० गते ५ लाख नेता कार्यकर्ता उतार्दैछ । उद्घाटन सत्र यही र बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने टुंगो लगाएको नेकपा एमालेले महाधिवेशनको तयारी तीब्र बनाएको छ ।

सम्बन्धित सामग्री

एमाले महाधिवेशनको उदघाटन समारोह सुरु [LIVE]

१० मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । बिभिन्न स्थानबाट निकालिएका जुलुस उदघाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएको छ । नारायणी नदी किनारमा उदघाटन समारोह सकेर सौराहमा बन्दसत्र सुरु हुने छ ।

एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रचण्ड नआउने

९ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । एमाले महाधिवेशन भोलि शुक्रबार चितवनमा शुरु हुँदैछ । उद्घाटन समारोहमा एमालेले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका […]

एमाले महाधिवेशनको उद्घाटन समारोहमा भाजपाका नेता हर्षवर्धन र द्विवेदी सहभागी हुने

काठमाडौँ, ९ मङ्सिर। चितवनमा आयोजित नेकपा (एमाले)को १० औं महाधिवेशनको उद्घाटन समारोहमा भारतीय जनता पार्टीका नेताहरु सहभागी हुने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणा स्वीकार गरेर भाजपाका नेताद्वय डा. हर्ष वर्धन र हरिश द्विवेदी उद्घाटन समारोहमा शुभकामना दिन आउन लागेको जनाइएको छ । हर्षवर्धन भारतका पूर्व-केन्द्रीय मन्त्री हुन् भने द्विवेदी भाजपाका सचिव हुन्।

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा यस्तो देखियो नारायणी नदी किनार [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा एमाले नेता/कार्यकर्ताको चहलपहल तीव्र बनेको छ । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार एमालेका झण्डा, ब्यानर र पोस्टरहरूले झकिझकाउ बनेको छ भने मञ्च पनि लगभग तयारी अवस्थामा छ । नारायणी नदी किनार वारिपारि नै एमालेले प्रचार सामग्री राखेको छ । नारायणीमा सञ्चालनमा आएको मोटर बोटमा समेत झण्डा राखिएको छ । भोलि हुने उद्घाटन शत्रका लागि एमाले अध्यक्ष ओली चितवन पुगिसकेका छन् । पदाधिकारीका आकांक्षी रहेका अधिकांश नेता पनि चितवन पुगेका छन् । हेर्नु...

महाधिवेशनको पूर्व सन्ध्यामा हेटौँडामा एमाले मकवानपुरले गर्‍यो मोटरसाइकल र्‍याली

हेटौँडा : नेकपा (एमाले)को १० औँ महाधिवेशनको पूर्व सन्ध्यामा हेटौँडामा बृहत मोटरसाइकल र्‍याली गरिएको छ। चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारको लागि हेटौँडा-४ को हुप्रचौरबाट शुरु भएको मोटरसाइकल र्‍यालीले हेटौँडा उपमहानगरपालिको परिक्रम गरेको छ। र्‍यालीमा हेटौँडा उपमहानपालिकाको १९ वटै वडा, बकैया, वाग्मती, मनहरी, मकवानपुरगढी, भीमफेदी लगायतका स्थानीय तहबाट पनि नेता कार्यकर्ताहरु सहभागी…

चितवनमा हुने एमाले महाधिवेशनको झल्को बुटवलमै

एमालेको दशौं महाधिवेशनको झल्को रूपन्देहीमै दिइने भएको छ ।  पश्चिमबाट आउने नेता कार्यकर्तालाई बुटवल नै महाधिवेशन हो कि भन्ने जस्तै गरी ठाउँठाउँमा एमाले रूपन्देहीले डिजिटल बोर्ड र स्वागत गेटहरू निर्माण गर्दैछ । बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माण गरी पश्चिमबाट आउनेहरूका लागि बुटवलमै महाधिवेशनको झल्को गराउने गरी तयारी गरिएको लुम्बिनी प्रदेश महाधिवेशन प्रचार विभाग प्रमुख झपेन्द्र जिसीले जानकारी दिए ।  ‘चितवन जाने कार्यकर्तालाई बुटवल प्रवेश गर्दा ठाउँठाउँमा &lsqu...

एमाले दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक, गैँडाले समात्यो कम्युनिस्ट झण्डा

नेकपा एमालेको मंसिर १० देखि चितवनमा हुने दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गरेको छ ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले प्रतीक चिन्ह सार्वजनिक गरेका हुन् । प्रतीक चिन्हमा गैँडाले कम्युनिस्ट झण्डा समाएको देखाइएको छ । चितवन एकसिंगे गैँडाका लागि प्रख्यात छ ।

एमाले महाधिवेशनको तयारी सुरु

चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णयसँगै तयारी सुरु भएको छ । नेकपा एमाले चितवनले आज पत्रकार सम्मेलन गरी चितवनमा महाधिवेशन गर्ने निर्णयले उत्साहित रहेको भन्दै ऐतिहासिक निर्णय गर्ने स्थायी कमिटीलाई धन्यवाद दिँदै आजदेखि महाधिवेशनको तयारी सुरु भएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । प्रतिनिधिहरुलाई आउन जान सजिलो हुने र ऐतिहासिक, […]

एमाले १० औँ महाधिवेशन चितवनमा

काठमाण्डाै – नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज बिहीवार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मङ्सिर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो ।यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्नुभएको थियो । तर आजको बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो...

एमाले महाधिवेशनको स्थान परिवर्तन, बुटवलको साटो चितवनमा गर्ने निर्णय

नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो ।बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठक पछि एक नेताले रातोपाटीलाई जानकारी दिए । साथै, १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । बुधबार एक कार्यक्रममा अध्