हेटौँडा : नेकपा (एमाले)को १० औँ महाधिवेशनको पूर्व सन्ध्यामा हेटौँडामा बृहत मोटरसाइकल र्याली गरिएको छ। चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारको लागि हेटौँडा-४ को हुप्रचौरबाट शुरु भएको मोटरसाइकल र्यालीले हेटौँडा उपमहानगरपालिको परिक्रम गरेको छ।
र्यालीमा हेटौँडा उपमहानपालिकाको १९ वटै वडा, बकैया, वाग्मती, मनहरी, मकवानपुरगढी, भीमफेदी लगायतका स्थानीय तहबाट पनि नेता कार्यकर्ताहरु सहभागी…