नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा एमाले नेता/कार्यकर्ताको चहलपहल तीव्र बनेको छ ।
महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार एमालेका झण्डा, ब्यानर र पोस्टरहरूले झकिझकाउ बनेको छ भने मञ्च पनि लगभग तयारी अवस्थामा छ ।
नारायणी नदी किनार वारिपारि नै एमालेले प्रचार सामग्री राखेको छ । नारायणीमा सञ्चालनमा आएको मोटर बोटमा समेत झण्डा राखिएको छ ।
भोलि हुने उद्घाटन शत्रका लागि एमाले अध्यक्ष ओली चितवन पुगिसकेका छन् । पदाधिकारीका आकांक्षी रहेका अधिकांश नेता पनि चितवन पुगेका छन् ।
हेर्नु...