एमालेको दशौं महाधिवेशनको झल्को रूपन्देहीमै दिइने भएको छ ।
पश्चिमबाट आउने नेता कार्यकर्तालाई बुटवल नै महाधिवेशन हो कि भन्ने जस्तै गरी ठाउँठाउँमा एमाले रूपन्देहीले डिजिटल बोर्ड र स्वागत गेटहरू निर्माण गर्दैछ ।
बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माण गरी पश्चिमबाट आउनेहरूका लागि बुटवलमै महाधिवेशनको झल्को गराउने गरी तयारी गरिएको लुम्बिनी प्रदेश महाधिवेशन प्रचार विभाग प्रमुख झपेन्द्र जिसीले जानकारी दिए ।
‘चितवन जाने कार्यकर्तालाई बुटवल प्रवेश गर्दा ठाउँठाउँमा &lsqu...