एमाले दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक, गैँडाले समात्यो कम्युनिस्ट झण्डा

नेकपा एमालेको मंसिर १० देखि चितवनमा हुने दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गरेको छ ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले प्रतीक चिन्ह सार्वजनिक गरेका हुन् । प्रतीक चिन्हमा गैँडाले कम्युनिस्ट झण्डा समाएको देखाइएको छ । चितवन एकसिंगे गैँडाका लागि प्रख्यात छ ।