१ महिनामा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए, धेरै भारत र अमेरिकाबाट

काठमाण्डाै – पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उहाँले बताउनुभयो । योसहित सन् २०२२ को पहिलो १० महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या चार लाख ७३ हजार पाँच सय ६३ जना पुगेको छ । अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।...

सम्बन्धित सामग्री

कोरोनाका कारण नेपालबाट भारत जान पाएनन् विदेशी पर्यटक

कञ्चनपुरको गड्डाचौकीबाट नेपाल हुँदै भारत भ्रमणमा जाने विदेशी पर्यटकलाई कोरोनाका कारण भारतीय पक्षले रोक लगाएपछि पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताउनुभयो । सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए …

अमेरिका र बेलायतबाट आउने पर्यटक बढ्दै

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकमा भारतीय पहिलो र चीन दोस्रो स्थानमा रहँदै आएको विगतको तथ्यांकले देखाउँछ । तर, सन् २०२३ को शुरूदेखि भने चीनलाई अमेरिकी र बेलायतीले उछिन्न थालेका छन् । सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल आउँदा अन्य महीनाको तुलनामा अमेरिका र बेलायतबाट आउनेको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । अक्टोबर अमेरिकाबाट १४ हजार ८७९ पर्यटक आएका हुन् । बेलायतबाट ८ हजार २१७ जना आए । यो महीना चीनबाट ६ हजार ८८० जना हवाई मार्गबाट नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । बोर्डका अनुसार सेप्टेम्बरको तुलनामा अक्टोबरमा अमेरिका र बेलायतबाट आउनेको संख्या बढ्दा भारत र चीनबाट आउनेको संख्यामा घटेको छ । मुलुकमा पर्यटकीय सिजन शुरू भएको महीनादेखि नै पर्यटक आगमनमा सुधार देखिएको व्यवसायीले बताएका छन् ।  ट्रेकिङ/पदयात्राको प्रमुख सिजन मानिने यो बेला हिमाल आरोहणका लागि पनि उनीहरू आएको व्यवसायीले बताए । पदयात्राका लागि बेलायती र अमेरिकी बढी आउने गरेको होटेल एसोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । यो सिजन पदयात्राका लागि उपयुक्त मानिने भएकाले अन्य देशको तुलनामा ती देशबाट बढी पर्यटक आएको उनको भनाइ छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा सबैभन्दा धेरै पर्यटक आउने देशमा क्रमश: भारत, अमेरिका, बेलायत र चीन छन् । यी देशबाहेक अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटलीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका छन् ।

बंगलादेशबाट आउने पर्यटक आगमनमा सुधार: एउटै कम्पनीका ७०० कर्मचारी नेपालमा

काठमाडौं। बंगलादेशबाट नेपालमा आउने पर्यटकको संख्यामा सुधार भएसँगै सामूहिक रूपमा आउनेहरू पनि बढेका छन् । शुक्रवार बंगलादेशबाट ७०० जना पर्यटक नेपाल आएका हुन् । बंगलादेशको एकेआइजे गू्रपबाट उक्त संख्याका कर्मचारी नेपालमा आएका हुन् । सम्राट टुर्स एण्ड ट्राभल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेले यसपटक उक्त संख्यामा कर्मचारीलाई ल्याएकोमा आगामी ५ वर्षभित्र सबै कर्मचारीलाई नेपालमा भ्रमण गराउने लक्ष्य राखिएको बताए । बंगलादेशको उक्त कम्पनीमा २ लाख कर्मचारी कार्यरत रहेको भन्दै उनले भने, ‘त्यहाँका कर्मचारी पहिला विशेषगरी भारत, दुबई र थाइल्याण्डका गन्तव्यमा जाने गरेका थिए । यसपटक भने हाम्रो प्रयासपछि उनीहरूले नेपाल रोजेका हुन् ।’ सम्राट टुर्स र ढाकास्थित माउन्टेन्ट क्लबको सहकार्यमा ती कर्मचारी नेपाल ल्याइएको उनले बताए । उनीहरू ५ दिन नेपालमा बस्ने बताइएको छ । अहिले काठमाडौंकै होटेलमा बसेका उनीहरू ‘माइस टुरिष्ट’को रूपमा आएका हुन् । कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित आएको उक्त टोलीले विभिन्न सत्रमा छलफल, बैठक गर्ने पाण्डेको भनाइ छ । उनका अनुसार उनीहरूले काठमाडौं र ललितपुरका विभिन्न पर्यटकीय स्थलको भ्रमण समेत गर्नेछन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को जुलाईसम्ममा बंगलादेशबाट १६ हजार ३१८ पर्यटक नेपाल आएका छन् । सन् २०२२ देखि नै नेपालमा आउने बंगलादेशी पर्यटकको संख्या बढेको छ । सन् २०२२ मा २५ हजार ३८३ बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ‘नेपाल पर्यटन तथ्यांक–२०२२’ अनुसार कोभिडपछि बंगलादेशबाट आउने पर्यटकको संख्यामा सुधार देखिएको छ । सन् २०२१ मा उक्त देशबाट ५ हजार ४४ पर्यटक आएका थिए ।

रेलमार्गमा नेपालले कति लगानी गर्ने ?

सन् २०१९ मा करिब १ लाख ७० हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । यो रेलमार्ग बन्यो भने कति थपिएला ? नेपालले फाइदाको मात्रा अनुसार मात्र लगानी गर्नु उपयुक्त हुन्छ । भावनामा बगेर पाकिस्तानले जस्तो यो रेलमार्गमा नेपालले ठूलो विदेशी ऋण लिन उचित छैन ।

मे महिनाको पर्यटक आगमनः भारत, बंगलादेश र अमेरिकाबाट २०१९ मा भन्दा बढी

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि भारत, बंगलादेश र अमेरिकी पर्यटक आगमनमा निकै नै सुधार भएको छ। कोरोना भाइरस संक्रमण अघिको भन्दा पनि बढी संख्यामा ती मुलुकबाट पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ। तीन...

जनवरीमा आए १६ हजार ९७५ पर्यटक

काठमाडौं । सन् २०२२ को पहिलो महीना नेपालमा आउने विदेशी पर्यटकको संख्या गतवर्ष सन् २०२१ को तुलनामा बढेको छ । यो वर्षको पहिलो महीनामा जनवरीमा नेपालमा १६ हजार ९७५ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार गतवर्षको जनवरीमा नेपाल घुम्न आउनेको संख्या जम्मा ८ हजार ८७४ थियो । सन् २०२० र सन् २०१९ को तुलनामा भने यो संख्या कम हो । विश्वव्यापी भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण सन् २०२१ मा आउने पर्यटकको संख्यामा कमी आएको हो । सन् २०२० को जनवरी महीनामा नेपालमा ७९ हजार ७०२ र सन् २०१९ जनवरीमा ८१ हजार २७३ पर्यटक आएका थिए । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका बीच यो वर्षको पहिलो महीनामा गतवर्षभन्दा उल्लेख्य पर्यटक आएका छन् । यसले शिथिल जस्तै भएको नेपालको पर्यटनमा आगामी दिनमा पर्यटकहरू आउने क्रम र संख्यामा वृद्धि हुने देखिएको छ । बोर्डको तथ्यांकअनुसार यो महीनामा आउने पर्यटकमा सार्क देशहरूको संख्या बढी छ । भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ५ हजार ५०१ पर्यटक आएका छन् । यीमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट नेपालमा ३ हजार ९१६ पर्यटक आएका छन् भने बंगलादेशबाट १ हजार २३६ जना पर्यटक आएका छन् । त्यसपछि अमेरिकी देश क्यानडा र संयुक्त राज्यबाट नेपालमा आउने पर्यटक धेरै छन् । यी दुई देशबाट जनवरी महीनामा कुल ३ हजार ६१८ जना नेपाल घुम्न आएका छन् । त्यसमध्ये यूएसएबाट ३ हजार २५७ पर्यटक नेपाल घुम्न आएका छन् । यूरोपका बेलायत, स्पेन, स्वीडेन, डेनमार्क, जर्मनीलगायत देशबाट ३ हजार ५२७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये सबैभन्दा बढी बेलायतबाट १ हजार ८२४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । न्यूजील्यान्ड र अष्ट्रेलियाबाट १ हजार २४० पर्यटक नेपाल आएका छन् भने अन्य देशहरूबाट १ हजार ९७५ जना विदेशी पर्यटकहरू नेपाल आएका छन् ।

पर्यटक आगमन ५२.४१% ले घट्यो

काठमाडौं । सन् २०२१ मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । कोरोना भाइरस (कोभिड–१९)को शुरुआती वर्ष सन् २०२० मा भन्दा यो वर्ष नेपालमा आउने पर्यटकको संख्यामा ५२ दशमलव ४१ प्रतिशतले कमी आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ मा नेपालमा कुल १ लाख ५० हजार ९६२ पर्यटक आएका छन् । सन् २०२० मा भने नेपालमा आउने पर्यटकको संख्या २ लाख ३० हजार ८५ थियो । सन् २०१९ अर्थात् कोरोना भाइरसपूर्वको वर्षमा भने नेपालमा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० को शुरूमै देखिएको कोरोना भाइरसको प्रभाव हालसम्म कायमै छ । कोरोना कालका यी वर्षका बीचमा कोरोनाविरुद्धको खोप लगाएका कारण र हवाई यातायात पनि खुलाएका कारण यो वर्ष पर्यटक बढ्ने आकलनका बीच गतवर्षको भन्दा पनि कम पर्यटक नेपालमा आएका छन् । बोर्डको तथ्यांकअनुसार गतवर्ष नेपालमा आउने पर्यटकमा सबैभन्दा धेरै सार्क मुलुकका छन् । सन् २०२१ म बंगलादेश, भारत, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ७१ हजार ६१० जना पर्यटक नेपाल आएका छन् । सार्कका यी मुलुकमध्ये पनि सबैभन्दा धेरै भारतबाट ६४ हजार ६७३ पर्यटक नेपाल आएका छन् । सबैभन्दा कम भने भुटानबाट जम्मा ३४४ जना नेपाल आएका छन् । सार्क मुलुकपछि दोस्रोमा यूरोपेली देशहरूका नागरिक आएका छन् । यूरोपको फ्रान्स, इटली, स्पेन बेलायत, जर्मन, डेनमार्कलगायत देशबाट सन् २०२१ मा २५ हजार ३०५ जना नेपाल भ्रमणमा आएका छन् । यूरोपेली देशमध्ये बेलायतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो देशबाट नेपालमा आउने पर्यटकको संख्या ८ हजार ६८० रहेको छ । यस्तै जर्मनीबाट २ हजार ९३१ जना, फ्रान्सबाट २ हजार ८२९ जना र सबैभन्दा कम नर्वेबाट २७२ जना आएका छन् । यस्तै अमेरिकी मुुलुक क्यानडा र अमेरिका दुई देशबाट नै नेपालमा २५ हजार २९१ जना पर्यटक नेपाल आएका छन् । यीमध्ये अमेरिका (यूएसए) बाट २२ हजार ८५३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । एशियाका देशहरू चीन, जापान, मलेशिया, सिंगापुर, थाइल्यान्ड देशबाट जम्मा ९ हजार ८२५ पर्यटक आएका छन् । यीमध्ये चीनबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । सन् २०२१ मा चीनबाट जम्मा ६ हजार १९६ पर्यटक नेपालमा आएका छन् भने दक्षिण कोरियाबाट १ हजार २६३ जना पर्यटक नेपालमा आएका छन् । ताइवानबाट जम्मा ९१ जना पर्यटक नेपाल आएका छन् । नेपालमा आउने पर्यटकको संख्या भारतपछि चीनको धेरै हुने भए पनि कोरोना संक्रमणपछि भने चिनबाट आउने पर्यटकको संख्यामा कमी हुँदै आएको छ ।

अप्रिलमा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं : गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन्। अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांकअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन्। त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन्। विभागको तथ्यांकअनुसार एक महिनामा सबैभन्दा धेरै भारत...

बेलहियामा कोरोना हेल्थ डेस्क, चिनियाँहरु निगरानीमा

नेपाल भारत सीमाको सबैभन्दा ठूलो स्थलमार्ग भैरहवाको बेलहियामा कोरोना भाइरस नियन्त्रणका लागि स्थापना गरिएको कोरोना हेल्थ डेस्कले चिनियाँ नागरिकहरूलाई उच्च निगरानीमा राखेको छ । चिनबाट फैलिएको यो रोगको संक्रमण सबैभन्दा बढी चिनिया नागरीक र मृत्यु पनि त्यही भएकाले चिनियाहरूलाई उच्च निगरानीमा राखीएको हो । भारत हुदै स्थलमार्गको यो नाका बाट चिनिया पर्यटक नेपाल भ्रमणका लागी आउने गर्छन् ।

https://swasthyakhabar.com/story/30451

बेलहिया (रुपन्देही)- नेपाल-भारत नाका बेलहियाबाट स्थलमार्ग हुँदै अत्यधिक पर्यटक नेपाल भित्रन्छन्। यो नाकाबाट चिनियाँ पर्यटक पनि अत्यधिक मात्रामा आउने गर्छन्। बेलहिया नाकाबाट श्रीलंका,...