कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत प्रवेशका लागि तेस्रो मुलुकका पर्यटकलाई खुला गरिएको छ । कोरोना सङ्क्रमणका बेला भारतले तेस्रो मुलुकका नागरिकलाई गड्डाचौकी नाकाबाट प्रवेशमा रोक लगाएको थियो । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत मङ्गलबारदेखि सीमावर्ती बजार वनबासमा रहेको अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई यो नाकाबाट प्रवेश अनुमति दिएको हो । यसअघि यो नाकाबाट विदेशी पर्यटक नेपाल भित्रिन […]