सयौँ सुरक्षाकर्मी लगाएर उठाइयो फोहर

काठमाडौँ : सुरक्षाकर्मी प्रयोग गरी आजबाट काठमाडौँ उपत्यकाको फोहर उठाउन शुरु भएको छ।तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहरको गाडी सिसडोल जान रोकेका थिए। त्यहाँका बासिन्दासँग सहमति हुन नसकेपछि काठमाडौँ महानगरपालिकाको पहलमा तीन सय सुरक्षाकर्मी खटाएर फोहर व्यवस्थापन गरिएको हो।पासाङल्हामु राजमार्गअन्तर्गतका स्थानीय बासिन्दाले अवरोध गरेपछि १४ दिनदेखि काठमाडौँ उपत्यकामा फोहर उठ्न सकेको थिएन।पासाङल्हामु राज

सम्बन्धित सामग्री

बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा फेरि अन्योल, स्थानीय बासिन्दाको अवरोध कायमै

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन सहमति भए पनि अन्योल भएको छ । काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको हिजोको बैठकले अवरोध हटाएर फोहर फाल्ने सहमति गरेको थियो । सहमति अनुसार काठमाण्डौ महानगरपालिकाले आज बिहानैदेखि फोहरका गाडी बञ्चरेडाँडा पठाउने तयारी गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सहमति अनुसार फोहरका गाडी पठाउने बताउनुभयो । उहाँका अनुसार आज पनि सुरक्षाकर्मी भने खटिनेछन् । महानगरपालिकाले स...

आज पनि प्रहरी परिचालन गरेरै बञ्चरेडाँडामा फोहर फाल्ने तयारी

काठमाण्डाै – आज मङ्गलवार पनि सुरक्षाकर्मीको उपस्थितिमा नुवाकोटको बञ्चरेडाँडामा फोहर फाल्न लागिएको छ । आज धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का स्थानीयवासीले अवरोध गरेपछि फोहर बोकेर गएका गाडी बाटोमै रोकिएका छन् । दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मी काठमाण्डौबाट गएर अहिले गाडीलाई लाइन लगाउने काम भइरहेको र केहीबेरमा फोहर झार्न सुरु गरिने नुवाकोट प्रहरीले जनाएको छ । धुनीबेसी नगरपालिका वडा नम्बर १ का स्थानीय युवाले हातमा ढुङ्गा बोकेर बसेकाले फोहरका गाडी अगाडि बढ्न सकेका थिएनन् ।   महानगरले...

१४ दिनपछि उठाउन थालियो काठमाडौँको फोहोर

काठमाडौँ । पासाङल्हामु राजमार्गअन्तर्गतका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा शनिवारदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ । स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य शनिवारदेखि गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै […]

काठमाडौं उपत्यकाको फोहर उठाउन सुरक्षाकर्मीको साहरा !

वैशाख २४, काठमाडौं । पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा शनिवारबाट काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः शुरु भएको छ ।            स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाको पहलमा ३०० जना सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य शनिवारबाट गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहरको गाडी जान नदिंदा काठमाडौंको १८ ओटा स्थानीय तहको फोहर सडकमा नै थियो ।            पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौं उपत्यकाको १८ ओटा स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।            फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमानै फोहोर रहँदा समस्या शुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागका प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार विसं २०७० देखि शुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।             हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले बताएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर सिसडोल लैजाने गरिन्छ ।            उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब  ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिंदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महीनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन । नियमित पानी पर्न शुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ । रासस

सुरक्षाकर्मीको सहयोगमा १४ दिनपछि काठमाण्डाैकाे फोहर व्यवस्थापन

काठमाडौ –  पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजदेखि काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ । स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाण्डाै महानगरपालिकाको पहलमा तीन सय जना सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाण्डाैको १...

सुरक्षाकर्मीको सहयोगमा १४ दिनपछि फोहोर व्यवस्थापन

–शर्मिला पाठकपासाङल्हामु राजमार्गअन्तर्गत स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजबाट काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।  स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट गरिएको हो ।पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानी

फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको बुस्टर डोज दिन थालियो (फोटोफिचर)

सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आइतबारदेखि कोरोनाभाइरस विरुद्धको बुस्टर डोज खोप दिन थालिएको छ ।  सोही अनुसार स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई सरकारले बुस्टर डोज खोप दिन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आजदेखि अग्

कोरोनाविरुद्ध आजदेखि बुस्टर डोज, क-कसले पाउँछन् ?

सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आइतबार (आज) देखि कोरोना भाइरस (कोभिड १९) विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । सोही अनुसार स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई सरकारले बुस्टर डोज खोप दिइनेछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आज दे

विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा सरसफाइ (फोटो फिचर )

जनकपुरधाममा लामो समयदेखिको फोहर सरसफाइ गर्न सीताराम विवाह पञ्चमी महोत्सव कुर्नु परेको छ । महोत्सवको तयारीस्वरुप प्रदेश २ सरकारको पहलमा बुधबारदेखि सरसफाइअभियान सुरु भएको हो ।प्रदेश २ का उद्योग, वन, वातावरण, पर्यटन मन्त्री सत्रुधन महतो लगायतको उपस्थितिमा जनकपुरधामका विभिन्न स्थलमा सरसफाइ सुरु गरिएको थियो । यस क्रममा जनकपुरधामको बाह्रविघा मैदान, प्रादेशिक अस्पताल रोड एरियाको सरसफाइ भएको छ । सरसफाइ अभियानमा सुरक्षाकर्मी, जानकी मन्दिरका प्रतिनिधि, जनकपुरधाम उपमहानगरपालिका, युवा, अगुवालगायतको सहभागिता