बञ्चरेडाँडाका बासिन्दाद्वारा आज पनि फोहर फाल्न अवरोध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाण्डाै – बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन् । हिजो मङ्गलवार प्रहरी परिचालन गरेर फोहर बोकेका गाडी बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा पुर्‍याएकाे भए पनि आज बुधवार फाेहर बोकेका गाडी ल्यान्डफिल साइट पुग्न सकेका छैनन् । स्थिति तनावपूर्ण रहेकोले गाडी बाटोमै रोकिएका छन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । गएको सोमवार सहरी विकास मन्त्रालयमा भए...