सुरक्षाकर्मीको सहयोगमा १४ दिनपछि फोहोर व्यवस्थापन

–शर्मिला पाठकपासाङल्हामु राजमार्गअन्तर्गत स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजबाट काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।  स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट गरिएको हो ।पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानी