मर्स्याङदीको वहाव रोकिँदा जोखिम

मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ । माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ ।...

सम्बन्धित सामग्री

रानी जमरा आयोजना: कर्णालीमा अनियन्त्रित उत्खननले जोखिम

कर्णाली नदीमा भइरहेको अनियन्त्रित उत्खननले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर जोखिममा परेको छ । कर्णाली पुलदेखि दुई भँगालोमा बग्ने नदी पछिल्लो समय पश्चिमतर्फ मात्रै बग्न थालेपछि रानी जमरा कुलरिया नहर आयोजना जोखिममा परेको सिनियर इन्जिनियर तोपबहादुर खत्रीले बताए । उनका अनुसार स्थानीय तह लम्की चुहा र टकिापुर नगरपालिका तथा जानकी गाउँपालिकाले पश्चिम तर्फको नदी किनाराको ढुंगा–गिठ्ठी उत्खननको ठेक्का अनियन्त्रित रूपमा संकलन भएकाले नदीको ८० प्रतिशत वहाव पश्चिमतर्फ बग्न सुरु भएको छ ।

बिहिबारसम्म नै भारी वर्षा हुने, आज र भोली यी जिल्लामा बाढीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भु-भाग नजिक) रहेको छ। सो को प्रभावको कारण हाल देशभर सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ।विभागका अनुसार आज बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।बुधबार राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।त्यस्तै बिहिबार दिउँसो देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। बिहिबार राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आगामी २४ घण्टा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु विभागले सबैमा अनुरोध गरेको छ।बाढी पूर्वानुमान विभागले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आगामी ३ दिन सम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकालीमा बहाव उल्लेख्य बड्ने तथा सतर्कता तह भन्दा तल रहने पूर्वानुमान छ। आज र भोलि नारायणी र यसका सहायक नदीहरु सेती, कालिगण्डकी, मादीमा वहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज र भोली कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज प्रदेश १ को झापा, मोरंग, सुनसरी, ईलाम, धनकुटा, उदयपुर, पाँचथर, तहथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे पलान्चोक, मकवानपुर, सिन्धुली ; मधेश प्रदेशको सबै जिल्ला, गण्डकी प्रदेशको स्याङ्जा, नवलपरासी (व.सु.पू), लमजुङ, तनहूं, कास्की, पर्वत, बागलुङ, लुम्बिनी प्रवेशको नवलपरासी (व.सु.प.), पाल्पा, रूपन्देही कपिलवस्तु, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेलधुरा,बझाङ, वैतडी, दार्चुला र आसपास भई वहने अधिकांश स-साना नवीहरुमा बहाव बढ्ने, केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

मनाङ बाढीः तालगाउँका बासिन्दालाई कहाँ लैजाने?

गत असारको बाढीको चपेटामा परेका मनाङको तालगाउँका बासिन्दालाई कसरि व्यवस्थापन गर्ने भन्ने अझै टुंगो लागेको छैन। किनकी नदी किनारको तालगाउँमा कुनैपनि बेला बाढी पस्न सक्छ। हिउँदमा हिउँ पग्लिँदा नदीको वहाव बढ्ने र वर्षामा पानी पर्दा बाढी आउने जोखिम छ। खोला किना...

कोशीले स्पर कटान, ४० घरपरिवार विस्थापित

सुनसरी । चार दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । कोशी पहाडी भेगहरूमा वर्षा अझै नरोकिएकाले नदीको बहाव उच्च हुँदा श्रीलंका टापु र गरैया टापुमा स्पर कटान हुन थालेको छ । यसअघि पनि कोशीले स्पर कटान गरेको थियो । स्थानीय प्रशासनले रोकथामका लागि सामान्य छेकबार लगाए पनि पानीको बहावले भत्काएर पुनः कटान थालेको हो । कोशीले स्पर कटान गर्दै बाढी गाउँ पसेपछि त्यस क्षेत्रका करीब ४० घरपरिवार विस्थापित भएका छन् । नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न थालेको छ । नदीले स्पर कटान गरेको सुचना पाएपछि  सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा विशेषज्ञको टोलिले अनुगमन गर्दै  जोखिम क्षेत्रको पहिचान गरी उनीहरूको उद्धारमा सेना परिचालन गरेको हो । कोशी आसपासका क्षेत्रमा बसोवास गर्नेलाई प्रहरीले सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ भने स्पर कटान भएका श्रीलंका टापु र गरैया टापुका स्थानीयलाई उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ । नदीले आइतवारदेखि नै गरैया टापुको डिल भत्काउन शुरू गरेको थियो । दिउँसो नदी गाउँ पसेपछि प्रहरीले स्थानीयलाई उद्धार गरेको हो । नदीबाट मानवीय क्षति हुन नदिन कोशी आसपास क्षेत्रमा साइरन सहितको नेपाली सेनाको टोली खटाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । कोशीले स्पर कटान गरेको क्षेत्रमा रोकथामका लागि प्रयास भइरहेको छ भने नदीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयको उद्धारका लागि तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको ढकालले बताए ।   यसबीच सप्तकोशिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेक कन्ट्रोल रूमले बताएको छ । पानीको बहाव उच्च बनेसँगै खतराको संकेत स्वरूप कोशीमा रातो बत्ती बालिएको छ भने जोखिम कम गर्न ३५ ओटा ढोका खोलिएका छन् ।

मर्स्याङ्दीको बहाव फेरि बढ्दै

मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दीको नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

मस्र्याङ्दीको वहाव फेरि बढ्दै

मनाङ । मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई […]

साउन ४ देखि नदीको बहाव बढ्ने, सतर्क रहन सरकारको आग्रह

१ साउन, काठमाडौं । सरकारले साउन ४ गतेदेखि नदीमा पानीको वहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश …

बेलायतका ७ सयभन्दा धेरै ठाउँमा बाढीको उच्च जोखिम

बेलायतका ७ सयभन्दा धेरै ठाउँमा बाढी आउन सक्ने उच्च जोखिम रहेको बीबीसीले जनाएको छ । ठूलो वर्षा र तीब्र हावाहुरीका कारण नदीमा पानीको वहाव बढ्न थालेपछि बेलायतभरका ७ सय ठाउँमा बाढीको उच्च जोखिम रहेको संकेत स्वरुप रातो बत्ति बालिएको हो । १ सय ४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नुका साथै वेल्समा १ सय ४२ मिलिमिटर पानी ...

पानीको वहाव बढेपछि कालीगण्डकीमा स्टिमर सेवा बन्द

पर्वत : पानीको बहाव बढेपछि कालीगण्डकी नदीमा सञ्चालित स्टिमर सेवा बन्द गरिएको छ। पानीको बहाब बढेको समयमा स्टिमर सेवा सञ्चालन गर्दा दुर्घटना हुन सक्ने उच्च जोखिम भएकाले आगामी असोजसम्म बन्द गरिएको हो। ‘अहिले वर्षाको कारण कालीगण्डकी नदीको सतहमा उतारचढाव आएको छ,’ स्टिमर व्यवसायी रवि भट्टराई भन्छन्, ‘यो अवस्थामा...

बबई र नारायणी नदीको बाढीले जोखिम बढायो

बिहीबार विहानैदेखि लगातार परेको पानीले बबई र नारायणी नदीमा बाढीको उच्चजोखिम बढेको छ। ववाई नदिको रानीजरुवा क्षेत्रमा पानीको वहाव २४