रानी जमरा आयोजना: कर्णालीमा अनियन्त्रित उत्खननले जोखिम

कर्णाली नदीमा भइरहेको अनियन्त्रित उत्खननले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर जोखिममा परेको छ । कर्णाली पुलदेखि दुई भँगालोमा बग्ने नदी पछिल्लो समय पश्चिमतर्फ मात्रै बग्न थालेपछि रानी जमरा कुलरिया नहर आयोजना जोखिममा परेको सिनियर इन्जिनियर तोपबहादुर खत्रीले बताए । उनका अनुसार स्थानीय तह लम्की चुहा र टकिापुर नगरपालिका तथा जानकी गाउँपालिकाले पश्चिम तर्फको नदी किनाराको ढुंगा–गिठ्ठी उत्खननको ठेक्का अनियन्त्रित रूपमा संकलन भएकाले नदीको ८० प्रतिशत वहाव पश्चिमतर्फ बग्न सुरु भएको छ ।

सम्बन्धित सामग्री

रानी जमरा कुलरियाको ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा

कैलालीस्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । गत पुस पहिलो साताबाट आन्तरिक परीक्षण उत्पादन सुरु भएको आयोजनाको विद्युत् मंगबारदेखि राष्ट्रिय...

रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक युवकको मृत्यु

टीकापुर– कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक युवकको ज्यान गएको छ। लम्कीचुहा-६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको आज दिउँसो साढे २ बजे रानी जमरा कुलरीयामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।  उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ।

रानी जमरामा बगेका दुई मध्ये एक बालिकाको उद्धार

टीकापुर– कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेका दुई बालिका मध्ये एक बालिकाको उद्धार गरिएको छ। शनिबार नुहाउने क्रममा दुई बालिका बगेका थिए। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरी र ८ वर्षीया शिवानी चौधरी बगेकोमा आकृतिको उद्धार गरिएको हो।  बेपत्ता बालिकाको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

आधा पनि भएन रानी–जमरा–कुलरिया सिँचाइको काम

कैलाली । आर्थिक वर्ष २०६८/६९ मा शुरू भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण शुरू भएको १ दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून छ । ३८ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले शुरू भएको आयोजना निर्माणको म्याद आर्थिक वर्ष २०८०/८१ मा सकिँदै छ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन । जमरा खण्डको कामले शुरूदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन् । एउटै समयमा शुरू भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशत मात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ । सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इन्जिनीयर प्रेम लासिवाको भनाइ छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको भन्दै उनले निर्धारित समयमा काम सम्पन्न नहुने बताए । ‘सबै क्षेत्रमा एकैसाथ काम शुरू भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा २ कम्पनीको कामको प्रगति ज्यादै न्यून छ,’ उनले भने, ‘हामीले ताकेता गरिरहेका छौं, तर निर्माण कम्पनीले काम गर्न सकेको छैन ।’ आयोजनाको काममा लागि तीनओटा निर्माण कम्पनीले ठेक्का पाएका छन्, जसअन्तर्गत रानी कुलोको ठेक्का गौरीशंकर निर्माण सेवा र जीभीभी भारतीय कम्पनीले संयुक्त रूपमा लिएका छन् । जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । २ वर्ष कोरोना संक्रमणको कारण काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीले काम गर्न समस्या भएको निर्माण कम्पनीहरूको दाबी छ । रामेछाप निर्माण सेवाका साइट इन्चार्ज छिरिङ शेर्पाले आयोजनाको काम सम्पन्न हुन सक्ने स्थिति नदेखिएको स्वीकार गरे । कम्पनीले कुलो क्षेत्रको संरचना निर्माणका लागि ५४ करोडमा ठेक्का पाएको थियो । कुलरिया कुलो क्षेत्रको कामको जिम्मा पाएको हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनका साइट इन्चार्ज निर्भय रिसाल पनि सम्झौता म्यादभित्र काम सम्पन्न हुने सम्भावना नरहेको बताउँछन् । काम ढिलो हुनुमा निर्माण कम्पनीको नभई आयोजना कार्यालयको दोष रहेको उनको आरोप छ । रासस

लम्की नहरबाट थप छ हजार हेक्टरमा सिँचाइ

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजनाको लम्की बिस्तार नहरमा पानी परीक्षण गरिएको छ।

बेमौसमी बाढीले आयोजनामा साढे १४ करोड क्षति

बेमौसमी बाढीले राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनामा साढे १४ करोड बराबरको क्षति पुर्‍याएको छ।...

रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा

धनगढी । कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेको छ । नहर फुटेपछि ५०–६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब […] The post रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कर्णालीमा आएको बाढीले नहरको बाँध भत्कायाे

कर्णाली नदीमा आएको बाढीले राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजनाको नहरको बाँध भत्काएको छ।

विद्युत् आयोजना निर्माण अन्तिम चरणमा

टीकापुर । सुदूरपश्चिमको कैलालीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बन्न लागेको ४.७१ मेगावाट विद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जानकी गाउँपालिका–९ कटाँसेमा विद्युत् गृह बनाई रानी जमरा कुलरियाको नहरमा आउने पानीबाट विद्युत् उत्पादन गर्न लागिएको हो । सात मिटर हेडबाट पानी खसालेर तीन वटा टर्बाइन जडान गरेर विद्युत् निकालिने […]