मर्स्याङ्दीको बहाव फेरि बढ्दै

मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दीको नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

सम्बन्धित सामग्री

सप्तकोसीमा पानीको बहाव बढ्दो

सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो गतिमा छ। शुक्रबार अपरान्ह ५ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ८५ हजार १७० क्यूसेक पुगेको छ।...

मेलम्चीमा बढ्यो पानीको बहाव

काठमाडौँ – सिन्धुपाल्चोकको इन्द्रवति खोलामा पानीको बहाव बढेको छ। दुई वर्षअघि आएको बाढीबाट तहन नहस पारेको मेलम्ची खोलाको बहाव आइतबार बढेको हो। आइतबार रातिदेखि माथिल्लो हिमाली तथा तटीय क्षेत्रमा परेको भारी वर्षापछि पानीको बहाव दिउँसोदेखि उल्लेख्य मात्रामा बढेको स्थानीयले बताएका छन्। प्रहरी प्रशासनले तटी क्षेत्रमा रहेका बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरेको छ।

सप्तकोसीमा घट्यो पानीको बहाव

सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपरान्हबाट पानीको बहाव घट्न थालेको हो ।शनिबार अपरान्हबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन गरिएको छ ।बिहान मौसम पूर्वानुमान शाखाले सप्तकोसीमा पानीको सतह धेरै बढ्ने भनेर पूर्वसूचना जारी गरेको थियो । हाल कोसी ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् ।

आज यी नदीहरूमा बहाव बढ्ने

आज मुलुकका केही नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ । यस दिन  नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य बढ्ने विभागको भनाइ छ । विभागका अनुसार, कोशी र यसका सहायक नदीहरु तथा कन्काई, कमला,बागमती, पुर्वी राप्तीमा बहाव सामान्य घटबढ हुने छ ।

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

अविरल वर्षाका कारण मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढेको छ ।  आज कोशी र यसका सहायक नदीहरू, नारायणीका सहायक नदीहरूमा पानीको बहाव बढेको मौसम विभागले जनाएको छ । विभागका अनुसार, विशेषगरी बुढीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्नेछ । यसका साथै कन्काई, बागमती, पूर्वी राप्ती, मा बहाव बढ्ने विभागले बताएको छ । यी नदीहरूमा सतर्कता आसपास पुग्न सक्ने विभागको भनाइ छ ।

सप्तकोशीमा यस वर्षकै उच्च बहाव

काठमाडौं : सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो। पछिल्लो मापन अनुसार सप्तकोशीको बहाव २ लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५…

कोशीमा पानीको बहाव बढ्दै

सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई÷तीन दिनदेखि लगातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आज दिउँसोको मापनअनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेण्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ । अझै पानीको बहाव बढ्ने क्रममा रहेकाले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २२ वटा ढोका खुल्ला राखिएको छ । पानीको बहाव बढिरहेको भन्दै आवश्यकतानुसार थप ढोका खुल्ला गरिने कोश

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ । विभागका अनुसार, आज कोशी, नारायणी, कर्णालीका सहायक नदीहरुमा बहाव बढ्ने छ । आज महाकालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव बढ्ने विभागले जनाएको छ ।

आज यी नदीहरूमा बहाव बढ्ने

आइतवार मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।  आइतवार महाकाली, नारायणी, कोशी, कर्णाली नदीहरूमा पानीको बहाव बढ्ने बताइएको हो ।  मुलुकका विभिन्न ठाउँमा जारी अविरल वर्षाका कारण बाढी बढ्ने अनुमान छ ।  विभागले कन्काई र बबईमा बहाव बढ्ने, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, लगायतमा बहाव सामान्य घटबढ हुने जनाएको छ ।

आज यी नदीमा पानीको बहाव बढ्ने

काठमाडौँ । आज देशका मुख्य तथा सहायक नदीहरूमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज नारायणी नदीका सहायक नदीहरूमा पानीको बहाव केही बढ्ने र केही साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । आज कन्काई, कमला, वाग्मती र तिनाउ जलाधारका स–सना सहायक नदीहरूमा पनि बहाव […]