सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा 'छापा' मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे ।हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ ।शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित