पर्यटन विभागको महानिर्देशकमा अधिकारी

काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा तारानाथ अधिकारी नियुक्त भएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो ।  तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएसँगै रिक्त पदमा मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख रहेका अधिकारीलाई विभागको नेतृत्व दिएको हो ।

सम्बन्धित सामग्री

आफ्नै जग्गाबारे बेखबर कार्यालय

धनकुटाको हिले बजारनजिक टिमुरेमा पर्यटन विभागको १३२ रोपनी जग्गा छ । धनकुटा नगरपालिका–१ मा रहेको पर्यटकीय दृष्टिकोणले अति महìवपूर्ण सो जग्गा प्रयोग नहुँदा बेवारिसे बनेको छ । २०३५ सालमा चन्द्रबहादुर कार्कीको नाममा रहेको १३२ रोपनी जग्गा पर्यटन विभाग त्रिपुरेश्वरको नाममा सारिएको नापी कार्यालय धनकुटाको कागजातमा देखिन्छ ।

काँग्रेसले गर्‍यो १५ विभाग प्रमुख चयन

नेपाली काँग्रेसले १५ वटा विभागको प्रमुखको नामावली टुङ्गो लगाएको छ । काँग्रेस केन्द्रीय कार्यालयले शुक्रवार सूचना जारी गर्दै १५ जना नेताहरूलाई विभागको प्रमुखमा मनोनयन गरेको जानकारी दिएको छ । मनोनयन हुनेहरूमा आङगेलु शेर्पालाई पर्यटन विभाग, पुष्पा भुसाललाई महिला विभाग र योगेन्द्र चौधरीलाई थारु विभागको जिम्मेवारी दिइएको छ ।

मनास्लु हिमपहिरोमा करिब १० जना घाइते, मानवीय क्षतिको जानकारी छैन: पर्यटन विभाग

काठमाडौँ- मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोका कारण मानवीय क्षतिको जानकारी हालसम्म नरहेको पर्यटन विभागले जनाएका छ। विभागको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाका अनुसार सोमबार पहिरो जाँदा केही घाइते भएको तर अवस्था गम्भीर भने छैन। ‘९-१० जना घाइते भएको कुरा थाहा पाएका छौँ’, खतिवडाले भने, ‘तर अहिलेसम्मको जानकारी अनुसार मानवीय हताहतीको कुरा […]

पर्यटन निकायको सहयोगमा ‘सफा हिमाल अभियान’

काठमाडौं (अस) । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र वन तथा वातावरण विभागको बजेट व्यवस्थापनमा नेपाली सेनाले ‘सफा हिमाल अभियान–२०२२’ शुरू गर्ने भएको छ । नेपाली सेनाका २९ जना जनशक्तिसहित ४८ जना शेर्पा र अन्य समन्वय समिति र रियर अप्स ग्रूपका १४ गरी ९१ जनाको सहभागितामा चारओटा हिमाल सफा गरिने भएको छ । नेपाली सेनाले काठमाडौंमा मंगलवार कार्यक्रम गरी अभियान शुरू गरिने जानकारी दिएको छ । यो अभियानबाट सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिने सेनाले जानकारी दिएको छ । २०१३ मा सगरमाथा आरोहण गरेका सेनानी किशोर अधिकारीले जेठदेखि अभियान शुरू गर्ने योजना रहेको भन्दै बेस क्याम्पमाथि र बेश क्याम्प र सो वरिपरिको फोहोर गरी कुल ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखिएको बताए । उक्त अवसरमा सेनाले यो अभियानका लागि १३ करोड ९६ लाख बजेट आवश्यक पर्ने भए पनि सरकारबाट ८ करोड ३० लाख बजेट उपलब्ध भएको जानकारी दिएको छ । बाँकी अपुग ४ करोड ६६ लाख रकममध्ये १ करोड ३० लाख बजेट सेनाले व्यवस्थापन गर्ने र बाँकी अन्य स्रोतको खोजी गरिने उल्लेख गरिएको छ । यसअघि सरकारले सफा हिमाल अभियान–२०२१ का लागि भने १० करोड विनियोजन गरेको थियो । ‘सफा हिमाल अभियान–२०१९’ देखि शुरू गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्दै अधिकारीले प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पुर्‍याएका असरलाई कम गर्ने, पर्वतीय आर्थिक गविविधि अभिवृद्धि गर्न सरकारलाई सहयोग पुर्‍याउने, पर्यटकका साथै पर्वतारोहीलाई आकर्षित गर्ने र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने अभियानको लक्ष्य रहेको बताए ।

पर्यटनसम्बद्ध संयन्त्रको पुनः संरचना

नेपालमा पर्यटनको अपार सम्भावना छ भन्ने कुरा नीति निर्मातादेखि सामान्य नागरिकसम्म सबैले भन्ने गरेका छन्, सबैले बुभ्mने गरेका छन् । तर, सम्भाव्यता दोहनका लागि जेजस्तो रणनीति कार्यान्वयनमा ल्याउनुपर्ने हो, जेजस्ता काम हुनुपर्ने हो, जनशक्ति तयार पार्नेदेखि भौतिक पूर्वाधार तयार पार्नुपर्ने हो त्यो काममा भने कमै अग्रसरता छ । किन काम हुन सकेन त ? त्यसैले अहिले पर्यटनसँग सम्बद्ध क्षेत्रहरूको पुनःसंरचना आवश्यक देखिएको छ । १. पर्यटन विभाग संघीय संरचनामा गएसँगै पर्यटन मन्त्रालय वा त्यसअन्तर्गतको विभागको औचित्य के भन्ने प्रश्न उठेको छ । सार्वजनिक खर्च पुनरवलोकन आयोगले पनि यसको पुनः संरचना गर्नेसम्बन्धमा सुझाव दिएको पाइन्छ । तर, त्यसमा कुनै परिवर्तन गरिएको छैन । सेवाशुल्क उठाउने सेवा कार्यालय तथा प्रवद्र्धन र क्षेत्रीय स्तरका आयोजनाहरू सबै प्रदेश र स्थानीय तहमा लैजानुपर्ने हो । यसो नहुँदा कतिपय अवस्थामा पर्यटन व्यवसायीले दोहोरो कर तिरिरहनु परेको अवस्था छ । त्यसैले पर्यटन मन्त्रालयअन्तर्गतका पर्यटनसँग सरोकार राख्ने निकायहरूलाई स्थानीय र प्रदेश स्तरमा लगी त्यसैअनुसार पुनः संरचना गरिनुपर्छ । २. पर्यटन बोर्ड अहिलेसम्म पर्यटन बोर्डले नै यस व्यवसायको बजारीकरणको जिम्मा लिएको छ । तर, यसको काममा व्यवसायीको चित्त बुझाएका छैनन् । खुलेर विरोध नगरे पनि यसको औचित्यमै प्रश्न उठाउने गरिएको छ । व्यवसायीहरूको योगदानबाट चल्ने यस संस्थाले पर्यटन व्यवसायलाई माथि लैजान आवश्यक रणनीति तय गर्न नसकेको, प्रचारप्रसारलाई प्रभावकारी बनाउन नसकेको तथा यसको बजेट दुरुपयोग भएको आरोप धेरै व्यवसायीको पाइन्छ । यो आरोप धेरैमात्रामा सही पनि छ । पर्यटन बोर्डको अवधारणा ल्याएको धेरै वर्ष भएकाले अब यसको कार्यक्षेत्र, यसको उपलब्धि, कार्य सम्पदान आदिको मूल्यांकन र पुनरवलोकन गर्ने बेला भएको छ । यसलाई पूर्ण यसलाई नियामकीय निकाय तथा प्रवद्र्धनात्मक निकायका रूपमा विभाजित गरी सञ्चालन गरिनु उपयुक्त हुन्छ । पर्यटन बोर्ड सरकारी निकाय हो कि निजीक्षेत्रको निकाय हो भनेर छुट्ट्याउनुनर्पे बेला पनि आएको छ । नियामकीय निकायका रूपमा यसलाई लाने हो भने प्रवद्र्धनात्मक कार्य मात्र गर्ने अर्को निकाय आवश्यक हुन्छ जुन निजीक्षेत्रले नै गठन गर्नु उपयुक्त हुन्छ । त्यसमा सरकारी हस्तक्षेप हुनु हुँदैन । त्यसैले अब बोर्डको पुनः संरचना गर्नैपर्छ । बोर्डको गठन, त्यसमा सरकारी सहयोग र समन्वय, बोर्डको मूल्यांकन, र बोर्डलाई जिम्मेवार तथा उत्तरदायी बनाउने कुरामा विशेष ध्यान दिइनुपर्छ । पर्यटनका सेवाका गतिविधि निजीक्षेत्रले नै गर्छ तर ठूला पूर्वाधारको निर्माण, जंगल, हिमाल नदी आदि क्षेत्रको उपयोग, आदिका लागि सरकारी सहयोग र समन्वय आवश्यक पर्छ । नियमन पनि आवश्यक पर्छ । यस्तो काममा संयोजन गर्ने जिम्मा बोर्डलाई दिइनु उपयुक्त हुन्छ । ३. नेपाल वायु सेवा निगम पर्यटन सेवा विस्तारका लागि सबैभन्दा महत्वपूर्ण संयन्त्र देशको आफ्नै वायुसेवा हो । तर, नेपालमा आउने अत्यधिक पर्यटक विदेशी वायुसेवाबाट आउने गरेका छन् । एकातिर विदेशी वायुसेवाले यहाँ आउने पर्यटक ओसारेर फाइदा कमाइरहेका छन् भने अर्कातिर नेपाल वायुसेवा निगम उडान गन्तव्य पाउन नसकेर विमान घाम तापेर बसेको अवस्था छ । निगमको भाडादर तुलनात्मक रूपमा सस्तो भएकाले निगमको उडान जति फैलन्छ त्यति नै पर्यटक आगमन बढ्छ । खासगरी यूरोपेली मुलुकबाट आउने गुणस्तरीय पर्यटकका लागि नेवानिका विमान यूरोपेली मुलुकमा पुर्‍याउनैपर्छ । यसका लागि निगमको पुनः संरचना सबैभन्दा बढी आवश्यक देखिएको छ । यसलाई निजीकरण गर्ने तथा आन्तरिक उडानका लागि अलग्गै कम्पनी स्थापना गर्नेलगायत विषयमा व्यापक अध्ययन भइसकेकाले तिनको निर्मम कार्यान्वयन नै यसको पुनः संरचना हो । निगमको पुनः संरचना अनिवार्य भइसकेको छ अन्यथा पर्यटन क्षेत्रले अवसर गुमाउने मात्र होइन, सरकारले समेत यसलाई पाल्न नसकी थप समस्या आउने निश्चित छ । ४. प्रदेश पर्यटन बोर्ड आफ्नै तरीकाले पर्यटन प्रवद्र्धन तथा बजारीकरण गर्न प्रदेश पर्यटन बोर्ड आवश्यक पर्छ । यसका लागि विभिन्न प्रदेश सरकारले कार्यक्रम तथा अवधारणापत्र ल्याए पनि ठोस काम भने हुन सकेको छैन । बोर्ड गठन र विघटनसमेत भएको पाइन्छ । आन्तरिक र बह्य पर्यटकलाई लक्षित गरी प्रदेशहरूबीच प्रतिस्पर्धात्मक रूपमा नै प्रवर्द्धनात्मक कार्य हुन सक्ने देखिन्छ । त्यस्तै पर्यटन व्यवसायीहरूलाई लगानी गर्न पनि प्रदेशहरूबीच प्रतिस्पर्धा गराउन आवश्यक छ । प्रदेशगत रूपमा पर्यटकीय सम्भावनाका अलग अलग क्षेत्र छन् । त्यसैले प्रदेशहरू बीच सहकार्य पनि आवश्यक छ । हालै गण्डकी प्रदेश र दुई नम्बर प्रदेश बीच पर्यटकहरूलाई दुवै प्रदेशमा आकर्षित गर्न समझदारी भएको छ । यस्तो काम प्रदेश पर्यटन बोर्डहरूले गर्नु राम्रो हुन्छ । भारतमा प्रदेश पर्यटन बोर्डले निकै राम्रोसँग प्रवद्र्धनात्मक कार्य गरी प्रदेशको पर्यटनमा ठूलो सहयोग गरेका छन् । नेपालमा पनि त्यस्तै गर्नु उपयुक्त हुन्छ । ५. पर्यटन एकडेमी पर्यटन क्षेत्रको पुनः संरचना गर्ने हो भने पर्यटन एकडेमीको स्थापना अनिवार्य र विलम्ब भइसकेको छ । पर्यटन व्यवसायमा दक्ष जनशक्तिको अभाव छ । नाथाम र केही निजीक्षेत्रका कलेजहरूले उच्च शिक्षा दिए पनि त्यो जनशक्ति नेपालमा कमै टिकेको छ । त्यसमा पनि पर्यटनका सबै विधाका लागि आवश्यक शीप र ज्ञान दिने संस्थाको अभाव छ । पर्यटन व्यवसायमा लागिरहेकाहरूलाई थप सिप सिकाउन तथा विभिन्न किसिमका पुनर्ताजगीका तालीमहरू दिन, छोटो तथा मध्यमकालीन तालिम कार्यक्रमहरू सञ्चालन गर्न पर्यटन एकडेमीको आवश्यकता छ । क्षेत्रगत रूपमा फाट्टफुट्ट तालीम दिने संस्थाहरू नभएका होइनन् । तर, तिनको स्तर मापन गर्न तथा तिनमा एकरूपता र गुणस्तर कायम गर्न पनि यस्तो एकडेमीको स्थापना आवश्यक छ । यसका लागि सार्वजनिक निजी साझेदारीको अवधारणामा काम गर्न सकिन्छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

हिमाल आराेहणका लागि गएकाहरू अप्ठ्याराेमा परेका छैनन् : पर्यटन विभाग

काठमाण्डाै – पर्यटन विभागले हिमाल आरोहणका लागि गएका कुनै पनि आरोही, पर्वतीय पथ प्रदर्शक र अन्य सहयोगी अप्ठ्यारोमा नपरेको र उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । विभिन्न सञ्चारमाध्यममा आरोहीहरू अप्ठ्यारोमा परेका र तत्काल उद्धार गर्नुपर्ने भन्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले यस्तो बताएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखाले शुक्रवार विज्ञप्ति नै निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न ...

लकडाउनमा पनि नयाँ होटल थपिए, दशवटा तारे होटल खुले

कोभिड १९ को महामारिले आक्रान्त बनेको समयमा समेत नेपालमा होटल खुल्ने संख्या झन् बृद्धि भएको छ । पर्यटन विभागको तथ्याङक अनुसार लकडाउनको समयमा तारे होटल १० वटा थप भएको जनाएको छ । यस वर्ष थप भएका होटल मध्ये पाँचतारे डिलक्समा झापाको मेचीक्राउन, चार तारेमा होटल वाराही पोखरा, होटल सांग्रीला भिलेज पोखरा, होटल ल्याण्ड मार्क पोखरा र नान्स होटल सिदर्थनगर रुपन्देही रहेका छन् । यता नयाँ खुलेका दुई तारे होटलमा होटल लोटस जेम्स गोकर्णेश्वर र होटल भादगाउँ भक्तपुर रहेको विभागले जनाएको छ । गतवर्ष पाँचतारे होटलमा मेरियट र अलफ्ट थप भएका थिए । होटलसँगै तीन वटा रिसोर्ट समेत नयाँ लगानीमा खुलेको छ । यसमा तीनतारे स्तरको साधारण रिसोर्ट ट्रायम्फ आर्गानिक रिसोर्ट धादिङ, चार तारे स्तरको (डिलक्स) आगन्तुक रिसोर्ट वनेपा र पाँच तारेस्तरको (लक्जरी)चन्द्रगिरी हिल्स रहेका छन् । कोभिड महामारीले पर्यटन व्यवसायमा नराम्रो असर पु¥याए पनि होटल क्षेत्रमा लगानीभने झन् बढ्दै गएको पर्यटन विभाग होटल शाखाका निर्देशक मनबहादुर जिसीले बताउनुभयो । सुविधा सम्पन्न होटलमा लगानी बड्नु आगामी दिनमा पर्यटकका लागि उपयुक्त आधार समेत बनेको उहाँको भनाई छ ।