काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा देवेशमणि त्रिपाठीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा सरुवा भएका उनले आइतबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै महानिर्देशक त्रिपाठीले वन विभागको ‘लिगेसी’लाई घट्न नदिने प्रतिबद्धता जनाए। मुलुक संघीय संरचनामा रहेको अवस्थामा वनका सङ्घ र प्रदेशबीचका निकायबीच समन्वयलाई प्राथमिकता दिने उनले बताए। त्रिपाठी यसअघि वन विभागको उपमहानिर्देशक थिए। […]