प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारी पक्राउ (फोटोफिचर)

काठमाडौं : सामूहिक राजीनामा दिएर प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारी पक्राउ परेका छन्। केन्द्रीय आयोजना कार्यन्वयन इकाइमा राजीनामा बुझाएर बिजुली बजार हुँदै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। झण्डै एक सय जनालाई प्रहरीले पक्राउ गरेको छ। सेवाबाट हटाउन लागिएको भन्दै करारमा नियुक्त इन्जिनियर, सब इन्जिनियरलगायत प्राविधिक कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक राष्ट्रिय हकहित संरक्षण सम