हाकिमको नक्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन् । हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट प्रयास गर्ने गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा...

सम्बन्धित सामग्री

बैंक कर्मचारी पक्राउमा निजीक्षेत्रको आपत्ति

काठमाडौं। कर्जा दुरुपयोगको विषयलाई लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका कर्मचारी पक्राउ गरेकोमा निजीक्षेत्रका प्रमुख संस्थाहरूले आपत्ति प्रकट गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले शुक्रवार संयुक्त विज्ञप्ति जारी गरी धितो मूल्यांकनलाई आधार बनाएर दिइएको कर्जाका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दु:खद भएको  बताएका हुन् । धितोको मूल्यांकनभन्दा बढी कर्जा प्रवाह गरेको अभियोगमा सीआईबीले गत मंगलवार प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र सेञ्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । उक्त घटनाले समग्र बैंकिङ क्षेत्रको व्यावसायिकतामाथि नै आँच आएको ती संस्थाहरूको भनाइ छ ।  विद्यमान कानूनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंक, वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ ।  बैंक, वित्तीय संस्थाहरूले प्रचलित ऐन तथा केन्द्रीय बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही निक्षेप संकलन र कर्जा लगानी गर्ने कार्य सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ । व्यावसायिक कर्जाको हकमा व्यवसायको कारोबार प्रकृतिअनुसार स्थिर पूँजी तथा चालू पूँजीतर्फ भिन्नभिन्न प्रकारका कर्जा प्रवाह हुने गरेको पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । यसअघि बैंक, वित्तीय क्षेत्रका संघसंस्थाहरूले विज्ञप्ति जारी गरेर बैंकका कर्मचारी पक्राउको विरोध गरेका थिए ।

किर्ते आरोपमा गरुडा नगरपालिकाका कर्मचारी पक्राउ

किर्ते गरेको आरोपमा रौतहटको गरुडा नगरपालिकामा करारमा कार्यरत एक कर्मचारी पक्राउ परेका छन् । नगरपालिकाको पञ्जीकरण फाँटमा कार्यरत रामनारायण सहनीलाई किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनको पक्राउ बारेको जानकारी प्रहरीले सार्वजनिक गरेको छैन । पीडित परिवारले शनिबार पत्रकारहरुसित श्रीमान्‌को पक्राउबारे सार्वजनिक गर्न माग गरेका छन् ।

हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ

मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ ।

डेढ अर्ब बढी घोटालामा तत्कालीन एपेक्स बैंकका अध्यक्षसहित १३ कर्मचारी पक्राउ

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्षसहित १३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। नेपाल क्रेडिट एण्ड कमर्स बैक (एनसिसी)मा मर्जर हुने सहमति पत्रमा हस्ताक्षर गरी सकेपछि उनीहरू मिलेर एपेक्स डेभेलपमेन्ट बैंकका दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी…