कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ गरेको...
झापा : सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिँदै गर्दा उपसचिवसहित तीनजनालाई रंगेहात पक्राउ गरिएको छ।ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक झापाका आयोजना व्यवस्थापक उपसचिवसरहका कर्मचारी हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले रंगेहात पक्राउ गरेको हो।सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएको खुलेको
गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन् । हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट प्रयास गर्ने गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा...
काठमाडौं : नेपाल प्रहरीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी तथा किर्ते गर्नेहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। पूर्वी नवलपरासीका २९ वर्षीय विनबहादुर विक, पाँचथरका २२ वर्षीय सृजना भट्टराई, अछामका १९ वर्षीय सागरजंग लुहार, अछामकै २३ वर्षीय दुधकला विश्वकर्मा, सिन्धुपाल्चोककी २३ वर्षीय प्रमिशा तामाङ, नुवाकोटकी २१ वर्षीय अञ्जना तामाङ, कञ्चनप
पाेखरा- गण्डकी प्रदेश सरकारकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट आइतबार ५ कर्मचारी पक्राउ परेका छन्। अध्यादेशमार्फत् ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्रीकाे कार्यालयमा विराेध तथा धर्ना बस्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। उनीहरूले प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्नसमेत रोकेको भन्दै कार्यालय हाताभित्रै विराेध जनाएका थिए। […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित खानेपानीका कर्मचारी पक्राउ गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयका सिनियर प्लम्वर गणेशबहादुर खुलाललाई मंगलबार ५ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले खुलाललाई […]
काठमाडौं, १९ माघ । नक्कली पीसीआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल र तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेको प्रहरीले जनाएको छ । यी दुवै अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका […]
काठमाडौँ । प्रहरीले ९२ जना कर्मचारीलाई पक्राउ गरेको छ। सोमबार साँझ नेपाल निजामती कर्मचारी संगठनका अधिकारीहरुलाई प्रहरीले पक्राउ गरिएको हो । केदार देवकोटा, मोहन घिमिरे, रेवन्त गौतम, लेखनाथ कोइरालासहित ९२ भन्दा बढी कर्मचारीका नेताहरूलाई पक्राउ गरेको हो । देवकोटा पक्षीय कर्मचारी संगठनका नेताहरू कार्यालयमै बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेपछि केहीबेर झडपको स्थितिसमेत […]
काठमाडौंको बूढानीलकण्ठबाट ७२ हजार घूससहित एक कर्मचारी पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल पक्राउ परेका हुन् । सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घूस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई रकम लिइसकेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।