सप्तरीस्थित खाँडो नदीको तटबन्ध सबलीकरणका लागि भारत सरकारले झन्डै तीन अर्ब ७९ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ । असार २२ गते बिहारको पटनास्थित भारत सरकारको जल संसाधन विभागमा नेपाल र भारतका अधिकारीबीच आयोजित बैठकबाट भारतीय पक्षद्वारा उक्त डीपीआर स्वीकृत गरिएको खाँडो नदी व्यवस्थापन आयोजना कार्यालय सप्तरीका प्रमुख एकराज भट्टराईले बताउनुभयो ।