मकवानपुर - वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चार वर्षको अवधिमा ६४ करोड ३५ लाख २२ हजार रुपैयाँ बराबरको डीपीआर विना प्रतिस्पर्धा खरिद गरेको पाइएको छ ।
मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारीले टेण्डरमार्फत गर्नुपर्ने डीपीआर निर्माणको काम बजेटलाई टुक्रा पारेर खरिद गर्ने गरेको पाइएको हो । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ सम्म मन्त्रालय र मातहतका कार्यालयले ६४ करोड ३५ लाख २२ हजार रुपैयाँ बराबरको डीपीआर खरिद गरेको हो ।
डीपीआर निर्माण गर्ने र कार्यान्वयन गर्न बाँकी रहेका डीपीआर हुँदाहुँदै फ...