महाशिलाका छवटा सडक कालोपत्रेका लागि डीपीआर

पर्वतको महाशिला गाउँपालिकाले मातहतका छवटा मुख्य सडकको डीपीआर तयार गरेको छ ।गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पुर्याउने उद्धेश्यले सडक स्तरोन्नति तथा कालोपत्रे गर्नका लागि छवटा सडकको डीपीआर तयार गरेको हो । पालिकाका सबै वडामा पुग्नेगरी एक वडा एक सडकअन्तर्गत छवटा सडकको डीपीआर गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।छवटा वडामा पहुँच पुर्याउने गरी करिब ४८ […]

सम्बन्धित सामग्री

निकुञ्जमा सडक निर्माण गर्न ‘डीपीआर’ र ‘ईआईए’

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढाइने भएको छ । यसका लागि शुक्रबार वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेपछि प्रक्रिया सुरु गर्न लागिएको हो । डीपीआर निर्माण गर्नका लागि भरतपुरको ध्रवघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत […]

विश्व बैंकको एक अर्ब लगानीमा ११ किमि सडक बन्ने

उदयपुर– विश्व बैंकको सहयोगमा उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिका क्षेत्रमा करिब ११ किमि सडक निर्माण हुने भएको छ । विश्व बैंकको एक अर्ब रुपैयाँ लगानीमा नेपाल सहरी सुशासन र पूर्वाधार परियोजनाअन्तर्गत सडक निर्माण हुन लागेको हो । गाईघाट बजारस्थित पिपलबोटदेखि सिमलटारका साथै गाईघाट बजारका पुरानो टाउन प्लानिङले छोएका सडक निर्माण गर्न डीपीआर तयार गर्ने कार्य अन्तिम […]

सूर्यविनायक–धुलिखेल सडक तीन वर्षमा बन्ने

काठमाडौं : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ। यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको हो।आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो। सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरेको छ। यसअघि ज

सडक र पुल निर्माणमा समन्वय गर्ने दिक्तेल रुपाकोटको निर्णय

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले अन्तरपालिका जोड्ने सडक तथा सडक पुलको पहिचान गरी निर्माणका लागि सम्बन्धित पालिकासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो । सडक तथा सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), […]

रारा राजमार्गको सडक स्तरवृद्धि गर्न डीपीआर

जुम्ला-कर्णाली प्रदेशको पर्यटकीय रारा राजमार्गको २० किलोमिटर सडक स्तरवृद्धिका लागि डीपीआर अघि बढाइएको छ । राजमार्गको त्रिवेणीदेखि टोप्लासम्म २० किमि सडकको नयाँ ट्रयाक खोल्ने, पुरानो सडकको स्तरवृद्धि गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्नेलगायतका विभिन्न स्तरवृद्धिको काम गर्नका लागि डीपीआर गर्न थालिएको हो ।सडक विभागको विज्ञ टोलीले जुम्लाको भूगोलअनुसार दिगो विकास र गुणस्तर पूर्वाधारमा जोड दिँदै […]

ओलीले शिलान्यास गरेका २ खर्बका सडक : बनेनन् डीपीआर, भेटिएन ऋण दाता

१ चैत २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका प्रादेशिक एवम् स्थानीय तहको केन्द्र जोड्ने सडकहरूको डीपीआर त बनेको छैन नै, सडक बनाउनका लागि कुनै दातृ निकाय समेत तयार नभएकाले आयोजना अलपत्र छन् ।

११ करोडको लागतमा मानव सेवा आश्रमको डीपीआर तयार

न्युज अफ नेापल, काठमाडौं । काठमाडौँ जिल्लामा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको व्यवस्थापनका लागि काठमाडौँ जिल्लामा निर्माण हुने शहीद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रमको डीपीआर तयार भएको छ । नागार्जुन नगरपालिका-६ मा बन्ने भवनको अबको निर्माण प्रक्रियालाई अगाडी बढाउन डीपीआर डिजाइन गरिरहेको काठमाडौँ महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगले नागार्जुन नगरपालिकालाई उक्त डीपीआर डिजाइन सहितको […]

कलंकी–धोबीखोला चक्रपथ विस्तारः डीपीआर र साइटक्लियरमै बित्यो साढे ३ वर्ष

काठमाडौं, असोज १५ । चक्रपथ विस्तार आयोजनाको दोस्रो चरणअन्तर्गत कलंकी–महाराजगञ्ज–धोबीखोला सडक विस्तारले अझै गति लिन सकेको छैन । ८ लेनको सडक विस्तार गर्नेगरी २०७४ फागुनमा नेपाल र चिनियाँ पक्षबीच समझदारी पत्र (एमओयू) भएको साढे ३ वर्ष साइट क्लियर र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मै बितेको छ । यद्यपि चिनियाँ पक्षले भने डीपीआर बनिसकेको बेहोराको पत्र सडक […]

चार लेन सडक विस्तारको योजना

काठमाडौं, असार १८ । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ । त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ । राजमार्गको सो खण्डको विस्तार गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि आठवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको सडक विभागले जनाएको छ । त्यस खण्डको लम्बाइ १३० किलोमिटर रहेको छ । सरकारले अहिले दुई […]

दार्चुला–तिंकर सडक : डीपीआर निर्माणका लागि सर्वेक्षण सम्पन्न

दार्चुला । दार्चुला–तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि सर्वेक्षणको काम सकिएको छ । जिल्लाको व्याँस गाउँपालिका–२ को कोठेधारदेखि नेपाल–चीन सीमा स्तम्भसम्मको डीपीआरका लागि सर्वेक्षणको काम सकिएको हो । नेपाली सेनाले प्यारागन ग्रिड नेपाल जेभी नामक परामर्शदातामार्फत डीपीआर निर्माण गर्ने भएको छ । ३५ दिन लगाएर कोठेधारबाट तिंकर भञ्ज्याङसम्मको स्थलगत सर्भेक्षण, अवलोकनको तथा सर्वेक्षणको काम सकिएको परामर्शदाता कम्पनीका इञ्जिनियर सुशील देवकोटाले जानकारी दिए । ‘व्याँसको कोठेधारबाट छाङरुसम्म महाकाली नदी किनारैकिनार भएर सर्वेक्षण गरिएको छ,’ देवकोटाले भने, ‘सर्वेक्षणका क्रममा सडकलाई महाकाली नदी किनारैकिनार भएर तिंकरसम्म पुर्‍याउने प्रयास गरिएको छ ।’  भौगोलिक रूपमा विकट र पहाड तथा जंगलको बाटोमा सामग्री ढुवानीमा समस्या हुँदा सर्वेक्षणको काममा बढी समय लागेको इञ्जिनियर देवकोटाको भनाइ छ । ‘चालू आर्थिक वर्षमा डीपीआर निर्माण गरेर नेपाली सेनालाई बुझाउँछौं,’ उनले भने । रणनीतिक महत्त्व बोकेको दार्चुला–तिंकर सडक निर्माण सेनामार्फत गर्ने सरकारको निर्णयपछि सेनाले अहिले व्याँस गाउँपालिकाको सुनसेरा र दुम्लिङमा निर्माण कार्यदलको क्याम्प राखेको छ । ‘सुनसेरामा क्याम्प निर्माण सकिएको छ,’ नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषवल्लभ पौडेलले भने, ‘दुम्लिङमा क्याम्प निर्माणको काम अन्तिम चरण पुगेको छ ।’ डीपीआर प्राप्त भएपछि आगामी आवदेखि यो सडकको निर्माण शुरू हुने पौडेलले बताए । आगामी आवबाट निर्माणको काम शुरू गर्नेगरी सेनाले आवश्यक जनशक्ति फिल्डमा खटाएको छ । आव २०६४/६५ देखि निर्माण शुरू भएको दार्चुला–तिंकर सडकखण्डको ४३ किलोमिटर सडकखण्ड मात्रै अहिलेसम्म ट्र्याक खुलाइएको छ । अहिले सदरमुकाम खलंगाबाट व्यास गाउँपालिका–३ सम्म सडकको ट्र्याक खुलाउने काम भएको छ । महाकाली लोकमार्गअन्तर्गत साविकको दार्चुला–तिंकर सडकखण्ड अन्तर्गत चार किलोमिटर सडक लोकमार्गअन्तर्गत निर्माण हुनेछ । सरकारले महाकाली लोकमार्गका लागि आगामी आवका लागि १ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये महाकाली लोकमार्ग, दार्चुला–तिंकर सडक योजनाले चलाउने बजेट र सेनामार्फत सञ्चालन गरिने सडक योजनाको बजेट के–कति हो भन्ने छुट्याइएको छैन । महाकाली लोकमार्ग महाकाली कोरिडोर कञ्चनपुरको ब्रह्मदेव, डँडेलधुरा, बैतडी हुँदै दार्चुलासम्म निर्माण भइरहेको छ । यस सडकखण्डको कुल लम्बाइ ४२५ किलोमिटर छ, जसअनुसार महाकाली कोरिडोर खण्ड २९१ किलोमिटरअन्तर्गत पर्दछ भने दार्चुला–तिंकर सडकखण्डअन्तर्गत १३४ किलोमिटर दूरी पर्दछ । दार्चुला–तिंकर सडकखण्डमध्ये ४७ किलोमिटर सडकखण्ड महाकाली लोकमार्गले निर्माण गर्नेछ । अहिले लोकमार्गअन्तर्गत डँडेलधुरा, बैतडी र दार्चुलाका विभिन्न सडक खण्डमा काम भइरहेको महाकाली लोकमार्ग दार्चुला–तिंकर सडक योजना प्रमुख अच्युतविलास पन्तले बताए । कोभिडका कारण चालू आवमा निर्माणले गति लिन सकेको छैन । व्याँसको तिंकरसम्म सडक पुर्‍याउन सके चीनसँग व्यापार गर्न सहज हुने उद्योग वाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताए । रासस