सिन्धुपाल्चोक २ मा मोहन बस्नेत बलियो

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेत बलियो देखिएका छन् । कांग्रेसको आफ्नै प्रभाव क्षेत्र, सत्ता गठबन्धनको साथ, एमालेको विभाजन, बस्नेतको विकासवादी नेताको परिचयले एमालेका शेरबहादुर तामाङ भन्दा बस्नेतलाई सहजता देखिएको हो । केन्द्रीय राजनीतिभन्दा दुवैको भूगोलसँगको साइनो बढी देखिन्छ । तर यस्तो प्रतिस्पर्धामा पनि बस्नेत अब्बल देखिएका छन् ।

सम्बन्धित सामग्री

नवनियुक्त मन्त्रीहरूकाे शपथ आज

नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूले आज शपथ खान लागेका हुन् ।

देउवाले दुई मन्त्रीको नाम टुँग्याए, मोहन बस्नेत र एनपी साउद मन्त्री बन्दै

काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसले चारमध्ये दुई जनाको नाम मन्त्रीमा टुँगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो कोटाबाट मन्त्री बन्ने दुई जनाको नाम फाईनल गरेका छन् । देउवानिकट उच्च स्रोतकाअनुसार परराष्ट्र मन्त्रालयमा एनपी साउदको नाम तय गरेका हुन् । बस्नेतलाई भने कुन मन्त्रालय दिने भन्ने तय नभएको स्रोतको दाबी छ । बस्नेतले स्वास्थ्य […]

सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत निर्वाचित

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन्। उनी ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए।पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन्।

सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार मोहन बस्नेत

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत सिन्धुपाल्चोक २ बाट उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नम्बर १ बाट राजनीति गर्दै आएका बस्नेत यसपटक क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेका हुन्। बस्नेतले यसअघि क्षेत्र नम्बर १ कांग्रेसले पाउनुपर्ने अडान राख्दै आएका थिए। क्षेत्र १ भागबण्डामा माओवादीलाई परेपछि उनी क्षेत्र २…

काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

काठमाण्डाै - काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले ७ हजार २०१ र एमालेका श्रीराम आचार्यले ५ हजार १९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बस्नेत यसअघि २०७४ मा भएको पालिका चुनावमा पनि कांग्रेसबाट मेयर निर्वाचित हुनुभएको थियो । दक्षिणकाली नगरपालिकामा कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ६२३ र एमालेकी इन्दिरा न्यौपानेले ४ हजार ८३० मत प्राप्त गर्नुभयो ।

दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी

जेठ २, काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका छन् । नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही पार्टीबाट प्रमुखमा निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, नेपाली कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छन् ।

मोहन बस्नेत दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी

कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ को अध्यक्ष पदमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन्।बस्नेतले एक हजार २५३ मत प्राप्त गरेका छन । बस्नेत दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका इश्वर बुढाले ९१६ मत ल्याएका छन्।