मोहन बस्नेत दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी

कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ को अध्यक्ष पदमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन्।बस्नेतले एक हजार २५३ मत प्राप्त गरेका छन । बस्नेत दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका इश्वर बुढाले ९१६ मत ल्याएका छन्।