काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

काठमाण्डाै - काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले ७ हजार २०१ र एमालेका श्रीराम आचार्यले ५ हजार १९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बस्नेत यसअघि २०७४ मा भएको पालिका चुनावमा पनि कांग्रेसबाट मेयर निर्वाचित हुनुभएको थियो । दक्षिणकाली नगरपालिकामा कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ६२३ र एमालेकी इन्दिरा न्यौपानेले ४ हजार ८३० मत प्राप्त गर्नुभयो ।  

सम्बन्धित सामग्री

दक्षिणकाली र कीर्तिपुरमा काँग्रेस निर्वाचित

काठमाडौँमा सोमबारसम्म दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ । कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसका राजकुमार नकर्मी विजयी हुनुभएको छ । उहाँले नौ हजार ४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका रत्नकेशर वज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गर्नुभयो ।

पब्लिक को–अपरेटिभको साइकल यात्रा

काठमाडौं (अस) । आन्तरिक पर्यटन प्रवद्र्धन, स्वस्थ जीवन, स्वच्छ वातावरण नारासहित पब्लिक को–अपरेटिभ लिमिटेडले स्थापनाको २५ औं वर्ष प्रवेश अवसरमा साइकल यात्रा सम्पन्न गरेको छ । १८ महिलासहित १२३ साइकल यात्री रहेको यात्रा धोबीघाट, ललितपुरदेखि कुपण्डोल, मंगलबजार, लगनखेल, जाउलाखेल, चोभार, पाँगा, कीर्तिपुर, टौदह हुँदै फर्पिङ ड्याम पुगेर सम्पन्न भएको थियो । साइकल र्‍याली उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरेकी थिइन् भने समापन दक्षिणकाली नगरपालिका  प्रमुख मोहन बस्नेत तथा उप–प्रमुख वसन्ती डंगोल तामाङले गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासनका सहायक जिल्ला अधिकारी हरिप्रसाद पन्त, ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोजबहादुर न्याछ्यों, बहुउद्दश्यीय सहकारी संघका माधव तिमिल्सिना, विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधि, संस्थाका कर्मचारीलगायत सहभागी थिए ।