दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी

जेठ २, काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका छन् । नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही पार्टीबाट प्रमुखमा निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, नेपाली कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छन् ।