देउखुरी– संघीय सरकारले सुरु गरेको कागती पकेट क्षेत्र कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा यो कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ । संघीय सरकारले जिल्लाका दशवटा स्थानीय तहमध्ये उक्त उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र घोषणा गरेको थियो । सो घोषणासँगै कागती खेतीको विस्तारका लागि उपमहानगरपालिकाले खेती विस्तार, प्राविधिक दक्षता, रोगकीरा नियन्त्रणको काम अघि बढाएको छ । पहिलो चरणअन्तर्गत व्यावसायीकरुपमा कागती […]
बागलुङ : दुर्गम गाउँ। छरिएका बस्ती। भौगोलिक विकटता र त्यसमाथि सिँचाइको सहज पहुँच नपुगेका उर्बर भूमि, जहाँ आलु, भाँगो र सिमी प्रशस्त फल्छ।बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएका कारण कृषकलाई निकै समस्या छ। खानेपानीको मुहान निकै टाढा–टाढा हुँदा सिँचाइ गर्न पनि उत्तिकै समस्या छ। सिँचाइका लागि भिर, कुना कन्दरा र पहरा फोडेर कुलो बनाउन सम्भावना नै देखिँदैन। यद्यपि कृषकले जसोतसो खाद्यान्न उत्पादन गर्दै आएका छन्।सिँचाइको समस्या भए पनि गाउँपालिकाले उत्पादनका आधा
काठमाडौँ,१८ माघ । कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुलाई भन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्ने उद्देश्यले विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । नगरभित्रबाट मह, लसुन, मकैलगायत वस्तु जिल्ला […]
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख अनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र […]
बागलुङ (नेस) । बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो । वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिनुभयो […]
बागलुङ । व्यावसायिक दुग्ध उत्पादनलाई बढावा दिन गलकोट नगरपालिकाले ‘भैंसी पकेट’ कार्यक्रम सञ्चालन गरेको छ । वडा–८ र ९ लाई समेटेर पकेट क्षेत्र घोषणा गरिएको पशु शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए । उक्त कार्यक्रमका लागि चालू आवमा नगरले २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । पकेटअन्तर्गत उन्नत मुर्रा जातका ८० पाडी र ६ वटा राँगो किसानलाई वितरण गरिएको छ । चार ठाउँमा दूध संकलन केन्द्र बनेका छन् ।
हटिया बजारमा बन्ने चिस्यान केन्द्रमार्फत दूध बजारमा पु¥याइने प्रमुख सुवेदीले बताए । आयात प्रतिस्थापन गरी गलकोटबाट दूध बाहिर बेच्ने लक्ष्यसहित भैंसी पकेटको अवधारणा ल्याइएको हो । अहिले पनि गलकोटको बजार क्षेत्रमा पोखराको दूध र पर्वतबाट पनिर भित्रिन्छ । ‘आगामी आवमा बाहिरबाट आउने दूध रोक्ने र दुई वर्षभित्रमा निर्यात गर्न सकिन्छ भन्ने छ’, प्रमुख सुवेदीले भने ।
पकेट कार्यक्रम चलेपछि तत्कालै किसानले उत्पादन गर्दै आएको झन्डै ६०० लिटर दूधलाई दैनिक बजारमा ल्याउन सकिनेछ । दूधको बजारीकरण नहुँदा पकेट क्षेत्रमा दैनिक उत्पादन हुने १ हजार लिटर दूध मोही बनाएर सकिने गरेको छ । अहिले वितरण गरिएका पाडी हुर्किएपछि आउँदो तीन वर्षभित्र दूध उत्पादन २ हजार ५०० लिटरले थप हुने आकलन गरिएको छ ।
कार्यक्रम सञ्चालनका लागि ‘घुम्टे भैंसी पकेट विकास समिति’ क्रियाशील छ । समितिका अध्यक्ष लोकनाथ कँडेलले पकेट कार्यक्रमले भैंसीपालक किसानलाई हौसला मिलेको प्रतिक्रिया दिए । नगरपालिकाले आगामी वर्षमा पनि भैंसी पकेटलाई निरन्तरता दिइने जनाएको छ । गलकोटलाई दूधमा आत्मनिर्भर बनाउँदै किसानको जीवनस्तर उकास्न वडा–३ र ५ मा पनि भैंसी लक्षित कार्यक्रम सञ्चालन भइरहेको प्रमुख सुवेदीले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ती दुवै वडामा यस वर्ष भैंसीपालनका लागि २४ लाख रुपैयाँ लगानी गरेका छन् । राज्यबाट अनुदान र तालिम पाउन थालेपछि किसान उन्नत नश्लका भैंसीपालनतर्फ आकर्षित भएका छन् । व्यक्तिगत लगानीमा फार्म चलाउने उद्यमी पनि बढ्न थालेका छन् । नगरभित्र सात वटा व्यावसायिक भैंसी फार्म छन् । स्थानीय जातका पाडापाडी संरक्षणमा पनि पकेट कार्यक्रममार्फत सहयोग पुर्याइनेछ ।
नगरप्रमुख भरत शर्मा गैरेले कृषि र पशुपालनमा गलकोटलाई आत्मनिर्भर बनाइने जानकारी दिए । व्यावसायिक रूपमा लाग्ने किसानलाई लक्षित गरेर ब्याज अनुदान, उपकरण, सीप हस्तान्तरणलगायतका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । छनोटमा परेका किसानले तोकिएको वित्तीय संस्थाबाट ९.७ प्रतिशत ब्याजमा ऋण लिन पाएका छन् । सोमध्ये ३ प्रतिशत ब्याज किसानले र बाँकी ब्याज रकम नगरपालिकाले बेहोर्नेछन् । ब्याज अनुदान कार्यक्रममार्फत नगरका ९७ किसानले २ करोड ९७ लाख ऋण लगेका छन् । रासस
साउन १७, दाङ । दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्न थाालिएको छ ।
डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बंगालाचुली गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको हो ।
स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाएर व्यावसायिकरुपमा जडिबुटी खेतीलाई प्रवर्द्धन गर्ने उदेश्यले जडिबुटी पकेट क्षेत्र घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
सात वडामा यस वर्ष सहकारीमार्फत ७१ हजार बढी जडिबुटीका बिरुवा रोपण गरिएको छ । वन कार्यालयले सर्वोेत्तम बहुउदेश्यि सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० बिरुवा रोपण गरेको छ ।
विसं २०७५ मा पकेट क्षेत्र घोषणा गरी जडिबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । सहकारीमार्फत यस वर्ष पकेट क्षेत्रमा गरिएको जडिबुटी खेती विस्तार कार्यक्रमका विषयमा छलफलसमेत गरिएको छ ।
यस वर्ष ७१ हजार ३० र गत वर्ष ७५ हजार बढी जडिबुटीका बिरुवा रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । दुई वर्षको अवधिमा करिब सात सय किसान जडिबुटी खेतीमा आबद्ध भएका उहाँको भनाइ छ ।
वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई घटाइ व्यवसायिकरुपमा जडिबुटी खेतीलाई प्रवर्द्धन गर्ने उदेश्य रहेको उनले जानकारी दिए । रासस
स्याङ्जाको वालिङ नगरपालिकाले बंगुरपालनको सम्भावना भएका तीन स्थानलाई पकेट क्षेत्र घोषणा गरी व्यावसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रमअन्तर्गत नगरपालिका–६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिवन वन उपभोक्ता समूहलाई बंगुर पकेट क्षेत्रका रूपमा अगाडि बढाएको छ । घोषणा गरिएका पकेट क्षेत्रमा […]
नगरपालिका भए पनि धेरैजसो मानिसहरू कृषि तथा पशुपालन पेसामा नै आबद्ध हुनुहुन्छ । नगरपालिकाभित्र तीन–चार ठाउँमा साना–साना बजारबाहेक सबै ग्रामीण क्षेत्र नै छ । उद्योग, कलकारखानाहरू पनि छैनन् । त्यसैले हाम्रो नगरपालिकाले नगरवासीको जीवनस्तर माथि उठाउनका लागि पशुपालन, साना तथा लघु उद्यमीहरू निर्माणमा विशेष जोड दिएको छ ।भैंसीपालन पकेट क्षेत्र, बाख्रापालन पकेट क्षेत्र घोषणा गरेका […]
गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ ।
गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो ।