उत्पादन बढाउन ‘पकेट क्षेत्र’ घोषणा

बागलुङ : दुर्गम गाउँ। छरिएका बस्ती। भौगोलिक विकटता र त्यसमाथि सिँचाइको सहज पहुँच नपुगेका उर्बर भूमि, जहाँ आलु, भाँगो र सिमी प्रशस्त फल्छ।बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएका कारण कृषकलाई निकै समस्या छ। खानेपानीको मुहान निकै टाढा–टाढा हुँदा सिँचाइ गर्न पनि उत्तिकै समस्या छ। सिँचाइका लागि भिर, कुना कन्दरा र पहरा फोडेर कुलो बनाउन सम्भावना नै देखिँदैन। यद्यपि कृषकले जसोतसो खाद्यान्न उत्पादन गर्दै आएका छन्।सिँचाइको समस्या भए पनि गाउँपालिकाले उत्पादनका आधा