गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ ।
गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो ।
देउखुरी– संघीय सरकारले सुरु गरेको कागती पकेट क्षेत्र कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा यो कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ । संघीय सरकारले जिल्लाका दशवटा स्थानीय तहमध्ये उक्त उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र घोषणा गरेको थियो । सो घोषणासँगै कागती खेतीको विस्तारका लागि उपमहानगरपालिकाले खेती विस्तार, प्राविधिक दक्षता, रोगकीरा नियन्त्रणको काम अघि बढाएको छ । पहिलो चरणअन्तर्गत व्यावसायीकरुपमा कागती […]
काठमाडौँ,१८ माघ । कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुलाई भन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्ने उद्देश्यले विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । नगरभित्रबाट मह, लसुन, मकैलगायत वस्तु जिल्ला […]
काठमाडौँ,५ असोज । नुवाकोटको तादी गाँउपालिका–४ को पर्यटकीय क्षेत्र बाघमारालाई फापर र आलुको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । पकेट क्षेत्रका लागि अहिले त्यहाँ रहेको दुई हजार पाँचसय रोपनीभन्दा बढी जग्गामा फापर लगाउनका लागि तयार गरिएको गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । उनका अनुसार नुवाकोटमा रहेका पर्यटकीय क्षेत्रमध्ये उच्च भूगोलबाट (समुन्द्री सतहदेखि दुई […]
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख अनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र […]
सिमकोट – जिल्लाका रैथाने बालीका लागि पकेट क्षेत्र छनोट गरिएको छ। लोपोन्मोख रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्न पकेट क्षेत्र छनोट गरिएको हो। सिमकोट गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले लोपोन्मुख रैथाने बालीमध्ये कागुनो र लट्टे (मार्से) संरक्षण गर्न जिल्लाबाटै पकेट क्षेत्र छनोट गरिएको जानकारी दिए। उनका अनुसार सिमकोट गाउँपालिका–८ को स्याँडा गाउँ रैथाने बालीको […]
बागलुङ, कात्तिक ११ । बागलुङको निसीखोला गाउँपालिकाले सात वटै वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र बनाउने भएको छ । यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका बिउ तथा बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकाले सात वटै वटालाई फरक–फरक बाली तथा फलफूलमा पकेट क्षेत्र बनाउने भएको हो । वडा नम्बर १ […]
पर्वत : पर्वतको फलेवास नगरपालिकाले भैँसीको पकेट क्षेत्र निर्माण गर्नको कृषकहरूलाई १८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ।प्रत्येक वडामा कृषिसम्बन्धी एउटा न एउटा आकर्षण रहनेगरी कृषि उद्यम विस्तार प्रयास गरिरहेको नगरपालिकाले २ नम्बर वडाको थापाठाना र ३ नम्बर वडाको शंकरपोखरीका २८ जना कृषकहरूलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले भैँसी पाल्न अनुदान उपलब्ध गराएको हो।सदरमुकामसँग नजिक रहेको तथा उब्जाउ भूमि रहेको सिसाठाँटी र आसपासको क्षेत्रलाई दुग्ध पकेट क्षेत्रको रूपमा विकास
स्याङ्जाको वालिङ नगरपालिकाले बंगुरपालनको सम्भावना भएका तीन स्थानलाई पकेट क्षेत्र घोषणा गरी व्यावसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रमअन्तर्गत नगरपालिका–६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिवन वन उपभोक्ता समूहलाई बंगुर पकेट क्षेत्रका रूपमा अगाडि बढाएको छ । घोषणा गरिएका पकेट क्षेत्रमा […]