दाङका पहाडी क्षेत्र जडिबुटीको पकेट क्षेत्र बनाइँदै

साउन १७, दाङ । दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्न थाालिएको छ ।  डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बंगालाचुली गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको हो ।  स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाएर व्यावसायिकरुपमा जडिबुटी खेतीलाई प्रवर्द्धन गर्ने उदेश्यले जडिबुटी पकेट क्षेत्र घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।  सात वडामा यस वर्ष सहकारीमार्फत ७१ हजार बढी जडिबुटीका बिरुवा रोपण गरिएको छ । वन कार्यालयले सर्वोेत्तम बहुउदेश्यि सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० बिरुवा रोपण गरेको छ । विसं २०७५ मा पकेट क्षेत्र घोषणा गरी जडिबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । सहकारीमार्फत यस वर्ष पकेट क्षेत्रमा गरिएको जडिबुटी खेती विस्तार कार्यक्रमका विषयमा छलफलसमेत गरिएको छ । यस वर्ष ७१ हजार ३० र गत वर्ष ७५ हजार बढी जडिबुटीका बिरुवा रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । दुई वर्षको अवधिमा करिब सात सय किसान जडिबुटी खेतीमा आबद्ध भएका उहाँको भनाइ छ । वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई घटाइ व्यवसायिकरुपमा जडिबुटी खेतीलाई प्रवर्द्धन गर्ने उदेश्य रहेको उनले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

दुर्गम गाउँका खेतीयोग्य जमीन वर्गीकरण गरिँदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका विकट पहाडी क्षेत्र भएकाले यहाँका कृषकलाई निकै समस्या छ । खानेपानीको मुहान निकै टाढा–टाढा हुँदा सिँचाइको व्यवस्थापन गर्न कठिनाइ छ । तर सिँचाइको व्यस्थापना गर्न समस्या भए पनि उत्पादनका आधारमा खेतीयोग्य जमीनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउनेतर्फ गाउँपालिका लागिपरेको छ । गाउँपालिकाले पाँचओटै वडालाई पकेट क्षेत्रका रूपमा वर्गीकरण गरेको छ । वडा नं ४ को लाम्मेलालाई आलु पकेट क्षेत्रको रूपमा घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त वडालाई आलु पकेट क्षेत्र घोषणा गरेर कृषकलाई आधुनिक उपकरण, उन्नत जातका बीउमा वितरण गरी साना सिँचाइ परियोजनासमेत सञ्चालन गर्ने गरी योजना अगाडि बढाइएको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए । तमान गाउँका ३५० बढी घरका कृषकले आलु उत्पादन गर्दै आएका छन् । लामो समयदेखि परम्परागत रूपमा आलु उत्पादन गर्दै आएका यहाँका स्थानीयवासीलाई पकेट क्षेत्र घोषणा गरी अनुदान प्रदान गर्ने र व्यावसायिक बनाउनेतर्फ गाउँपालिका लागेको उनको भनाइ छ । लाम्मेलाका हरेक कृषकले वार्षिक न्यूनतम पाँच सय किलोदेखि माथि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको कृषि शाखाले बताएको छ । पालिकाले लाम्मेलासँगै वडा नं ६ को नर्जाखानी, वडा नं २ को मुठाचौर लगायत ठाउँलाई पनि आलु पकेट क्षेत्र विस्तार गरेको छ । यी वडाबाहेक आलु उत्पादन हुँदै आएका अन्य क्षेत्रमा पनि आधुनिक तरीकाले खेती गर्न किसानलाई प्रोत्साहन गरिने गाउँपालिकाले बताएको छ । यस वर्ष नयाँ पकेट क्षेत्रका लागि १० लाख र पुरानोलाई निरन्तरता दिन पाँच लाख गरी १६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । कृषकलाई आवश्यक बीउबिजन, तालीम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको अध्यक्ष बुढा मगर बताए । खेतीयोग्य जमीनको वर्गीकरण गरी कृषकलाई अनुदानसँगै सिँचाइको व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएर लागेको उनको भनाइ छ । रासस

चितवनमा सुन्तला उत्पादन घट्दो

चितवन । चितवनमा पछिल्ला वर्षहरूमा सुन्तलाको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यस वर्ष उत्पादनमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले ह्रास आएको छ । जिल्लाका पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाका वडा नं २, ३, ४, ५, ६ मा किसानले सुन्तलाखेती गर्दै आएका छन् । गाउँपालिकाको तामिन कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर नेपालले केही वर्षयता सुन्तलाका बोट मर्न थालेसंँगै उत्पादन खस्किँदै गएकोे बताए । ‘कहिले असिना र हावापानीले फूल झारेर पूर्णरूपमा फल लाग्दैन,’ उनले भने, ‘कहिले फल्ने र पाक्ने बेला रोग लागेर उत्पादन हुँदैन ।’ स्थानीय जातको सुन्तलाको माग राम्रै भए पनि वर्षैपिच्छे उत्पादन घटिरहेको उनको भनाइ छ । अनुकूल हावापानी र मलबीउको व्यवस्थापन गर्दा पनि बोट सुक्ने, पहेँलो हुँदै गएकाले उत्पादन हुन नसकेको उनले बताए । अघिल्लो वर्ष प्रतिहेक्टर ८ दशमलव ८ टन र यस वर्ष प्रतिहेक्टर ८ टनले उत्पादन घटेको ज्ञान केन्द्रले बताएको छ । केन्द्रका अनुसार उक्त गाउँपालिकामा सुन्तला खेतीयोग्य जमीन २५० हेक्टर भए पनि करीब १२५ हेक्टरमा मात्र खेती हुँदै आएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी मिन बहादुर पुनले प्रतिहेक्टर उत्पाकत्वमा पनि ह्रास आएको बताए । सुन्तलाको बोट पुरानो हुँदै जानु, किसानमा बगैंचा व्यवस्थापनको ज्ञानको कमी र सिँचाइको अभावलगायत निषेधाज्ञाका कारण सुन्तला ब्लक कार्यक्रम सुचारु गर्न नसकिएकाले उत्पादन घटेको उनको भनाइ छ । कृषि विज्ञका अनुसार कुनै पनि अन्नबालीमा एकै प्रकारको बीउ र बागवानी बाली नियमित कलमी नगरी बिरुवा रोप्दा त्यसको उत्पादकत्व कम हुन्छ । १ देखि २ वर्षको फरक पारेर कलमी गरेका बिरुवा लगाउन उनीहरूले सुझाएका छन् । यसरी बिरुवा लगाउँदा उत्पादन बढ्ने र रोग पनि कम लाग्ने गरेको उनीहरूको अनुभव छ । कृषि ज्ञान केन्द्रले इच्छाकामना गाउँपालिका ५ मा रहेको तामिन क्षेत्र, वडा नं २ मा रहेको तल्लो काउले क्षेत्र, वडा नं २ मा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । इच्छाकामनाको वडा नं ३ मा सबैभन्दा बढी सुन्तलाखेती गरिएको छ । यहाँ १०० बिघाभन्दा बढी जमीनमा सुन्तलाखेती गरिएको छ । यहाँ उत्पादित सुन्तला मुग्लिन बजार, पोखरा र काठमाडौंमा विक्रीवतरण हुने गरेको छ ।

चितवनमा सुन्तलाको उत्पादकत्वसँगै उत्पादन पनि घट्यो

मंसीर २२, चितवन । चितवनमा पछिल्ला वर्षहरुमा सुन्तलाको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो वर्षभन्दा यो बर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको हो । चितवनको पहाडी क्षेत्र ईच्छाकामना गाउंँपालिकाको वडा नं २, ३, ४, ५, ६ मा किसानहरुले सुन्तलाखेती गर्दै आएका छन् ।  गाउँपालिकाको  तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिबहादुर नेपालले केही वर्षयता सुन्तलाका बोट मर्न थालेसंँगै उत्पादनमा ह्रास हुँदै गएकोे बताए ।  ‘कहिले असिना र हावापानीले  फूल झारेर पूर्ण रुपमा फल लाग्दैन’,  उनले भने, ‘कहिले फल्ने र पाक्ने बेलामा रोग लागेर उत्पादन हुँदैन ।’यहाँको स्थानीय जातको सुन्तलाको माग र फाईदा राम्रै भएपनि बर्षैपिच्छे उत्पादन घटिरहेको उनको भनाइ छ । राम्रै हावापानी र मलबीउको व्यवस्थापन गर्दा पनि बोट सुक्ने, पहेंलो हुदै गएका कारण उत्पादन हुन नसकेको उनले बताए । अघिल्लो वर्ष झण्डै प्रतिहेक्टर ८ दशमलब ८ टनको हाराहारीमा घटेको र अहिलेपनि प्रतिहेक्टर ८ टनले उत्पादनमा गिरावट आएको ज्ञान केन्द्रले जनाएको छ ।  ज्ञान केन्द्रका अनुसार उक्त गाउँपालिकामा सुन्तलाखेती योग्य जमीन २५० हेक्टर भएपनि करीब १२५ मा मात्रै हुँदै आएको छ । शुरुवाती क्षणमा सुन्तलाको उत्पादन र उत्पाकत्व वृद्धि भएपनि पछिल्ला बर्षहरुमा यसको उत्पादन घट्दो क्रममा छ ।  ज्ञान केन्द्रका सूचना अधिकारी मिन बहादुर पुनले यो वर्ष  प्रतिहेक्टर ८ टनले उत्पादनमा ह्रास  भएको बताए । ‘उत्पादनमा मात्र होइन प्रतिहेक्टर उत्पाकत्वमा पनि ह्रास आएको छ’, सूचना अधिकारी पुनले भने ।  उनका अनुसार सुन्तलाको बोट पुरानो हुँदै जानु, किसानमा बगैंचा व्यवस्थापनको ज्ञानको कमी, सिंचाईको अभावलगायत निषेधाज्ञाका कारण सुन्तला ब्लक कार्यक्रमलाई सुचारु गर्न नसकिएका कारण पनि उत्पादनमा ह्रास आएको हो । एउटै प्रकारको फलफूल विरुवा कलमी नगरी  उत्पादन घट्ने र रोगको जोखिम पनि उत्तिकै हुने पुनको भनाई छ ।  कृषि विज्ञका अनुसार कुनैपनि अन्नबालीमा एकैप्रकारको बीउ र वागवानी बाली नियमित कलमी नगरिकन विरुवा रोप्दा त्यसले अपेक्षित उत्पादन दिन सक्दैन । १ देखि २ वर्षको फरक पारेर कलमी गरेको फलफूलको विरुवा प्रतिस्थापन गर्दा  उत्पादन पनि बढ्ने र रोगपनि कम लाग्ने गरेको उनीहरुको भनाइ छ ।  कृषि ज्ञान केन्द्रले इच्छाकामनाको वडा नम्बर ५ मा रहेको तामिन क्षेत्र, वडा नम्बर २ मा रहेको तल्लो काउले क्षेत्र, ३ नं वडामा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको थियो । यहांँ सबै पकेट क्षेत्रलाई मिलाएर झन्डै १०० हेक्टरलाई ज्ञान केन्द्रले सुुन्तलाको ब्लक क्षेत्र घोषणा गरेको छ ।  इच्छाकामनाको वडा नम्बर  ३ मा सबैभन्दा बढी सुन्तलाखेती गरिएको छ । यहाँ १०० बीघाभन्दा बढी जमीनमा सुन्तलाखेती गरिएको छ । यसैगरी वडा नम्बर ५ मा ५० बीघामा, वडा नम्बर २ मा करीब ३० बीघाभन्दा बढीमा सुन्तलाखेती गरिएको  छ । यहाँ उत्पादन भएका सुन्तला रसिलो र स्वादिलो हुने गरेकोले पनि यसको माग उत्तिकै छ ।  यहाँको सुन्तला विशेषगरी मुग्लिन बजार, पोखरा एवं काठमाडौंमा विक्रीवतरण हुने गरेको छ ।