निसीखोला आलु र मकैको पकेट क्षेत्र

बागलुङ (नेस) । बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो । वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिनुभयो […]

सम्बन्धित सामग्री

उत्तरी गोरखाको गुम्दामा आलु मेला सुरु

३ भदौ, गोरखा । आलुको पकेट क्षेत्र मानिने उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा आलु मेला सुरु भएको छ । एकता युवा क्लवको आयोजनामा शनिबारदेखि मेला सुरु भएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेका छन् । उत्पादित आलुको बजार व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले केही वर्षदेखि मेला आयोजना गर्दै आएको […]

महोत्सव स्थलबाटै ८० टन आलु बिक्री

महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा वर्षेनी आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।...

उत्पादन बढाउन ‘पकेट क्षेत्र’ घोषणा

बागलुङ : दुर्गम गाउँ। छरिएका बस्ती। भौगोलिक विकटता र त्यसमाथि सिँचाइको सहज पहुँच नपुगेका उर्बर भूमि, जहाँ आलु, भाँगो र सिमी प्रशस्त फल्छ।बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएका कारण कृषकलाई निकै समस्या छ। खानेपानीको मुहान निकै टाढा–टाढा हुँदा सिँचाइ गर्न पनि उत्तिकै समस्या छ। सिँचाइका लागि भिर, कुना कन्दरा र पहरा फोडेर कुलो बनाउन सम्भावना नै देखिँदैन। यद्यपि कृषकले जसोतसो खाद्यान्न उत्पादन गर्दै आएका छन्।सिँचाइको समस्या भए पनि गाउँपालिकाले उत्पादनका आधा

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

बलेवा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८-७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ । जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण […]

असिनाले गर्दा घट्दो आलु उत्पादन

काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो। यहाँका अधिकांश किसानको वार्षीक आम्दानीको स्रोत हो आलु खेती। आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ।...

निसीखोला आलु र मकै पकेट क्षेत्र

बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ ।

निसीखोला आलु र मकै पकेट क्षेत्र

बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ ।

आलु खन्दै किसान

त्रिशुली, २ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै । आलु उत्पादनका लागि नुवाकोटको भूभागलाई पकेट क्षेत्र मानिने गरिएको छ भने जिल्लामा वार्षिक रु एक अर्ब भन्दाबढीको आलु उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । तस्वीरः रामहरि न्यौपाने÷रासस

बाजुराको गौमलमा सामूहिक स्याउ खेती फस्टाउँदै

धनगढी – बाजुराको गौमुल गाउँपालिकाको अन्द्रेडीमा सामूहिक स्याउ खेती फस्टाउन थालेको छ। आलु र सिमीको पकेट क्षेत्र मानिने अन्द्रेडीमा पछिल्लो समय सामूहिक स्याउ खेती फस्टाउन थालेको हो। गाउँपालिका केन्द्रबाट झण्डै एक दिनको पैदल यात्रामा पुगिने अन्द्रेडी आलु र सिमीलाई गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको छ। गौमुल गाउँपालिका १ मा रहेको अन्द्राडी गाउँ भौगोलिक हिसाबले दुर्गम […]

जुम्लामा रैथाने बाली संरक्षण गर्न ७ ओटा पकेट क्षेत्र निर्धारण

असार २५, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातओटा पकेट क्षेत्र निर्धारण गरेको छ ।  एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेतीलाई बढवा दिन र कृषिलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाभित्र सातओटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए । ‘स्थानीय उत्पादनलाई जोड दिँदै बाँझो जग्गामा पूर्ण खेती गर्ने र बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ पकेट क्षेत्र निर्धारण गरिएको हो’, उनले भने ।  यहाँ फापर क्षेत्र, ओखर पकेट क्षेत्र, आलु पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रसहित सातओटा पकेट क्षेत्रमा निर्धारण गरिएको उनको भनाइ थियो ।  संघीय सरकारबाट गाउँपालिको स्यालागडी गाउँमा फापर, पेरेमा सिमी र कालीमार्सी धान, लुममा चिनो कागुनो, लोर्पामा ओखर, उर्थुमा तरकारी र  पट्मारामा आलु पकेट क्षेत्र तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।  गाउँपालिको सातओटै वडामा पकेट क्षेत्रमा पाँच हेक्टर जग्गा रहेको छ । फापर खेतीमा रू. सात लाख ७० हजार, सिमीमा रू. पाँच लाख ८५ हजार, कालीमार्सी धानका लागि रू. ४८ लाख पाँच हजार, कागुनो चिनो पकेट क्षेत्रमा रू. ४८ लाख पाँच हजार, ओखरखेतीमा रू. पाँच लाख ८५ हजार र आलु पकेट क्षेत्रतिर रू. ४८ लाख पाँच हजार बजेट छुट्याइएको उपाध्यक्ष पुन्नकली महताराले बताए । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लासँग सहकार्य गरी पातारासी–७ पट्मारामा भेडापालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा सुहाउँदो बालीको पकेट क्षेत्र तोकेर उत्पादन बढाउने र बाँझो जग्गाको उपयोग गरी रोजगारी सिर्जना गर्ने चिनो कागुनो पकेट क्षेत्रका महादेव कृषि उत्पादन समूहका सचिव रेविका सुनारले बताए ।  पकेट क्षेत्रको निर्धारणले यहाँको कृषि बालीको प्रवर्द्धन हुने विश्वास गरिएको छ । अहिले गाउँपालिकाले पनि स्थानीय उत्पादनबाट बनेको परिकार नै खाजा, नास्ताका रूपमा प्रयोग गर्न थालेपछि यहाँका किसानमा उत्साह थपिएको छ । रासस