म्याग्दीको बेनी नगरपालिका–१ अर्जम बङ्गुर पकेट क्षेत्र घोषणा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख अनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र […]

सम्बन्धित सामग्री

म्याग्दीमा गएकाे वर्ष सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा गएको आर्थिक वर्ष २०७७/७८ मा सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी आएको छ । सुन्तला उत्पादनका हिसाबले पकेट क्षेत्र मानिने जिल्लाको बास्कुना, राखु, मरेक, बराङ्जा र अर्मनलगायत क्षेत्रमा देखिएको रोग किराको प्रकोपले उत्पादनमा ह्रास आएको हो ।  म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको मरेक, राखु, ४ नम्बर वडा सिङ्गाको बास्कुनास, मङ्गला गाउँपालिका-३ र ४ बराङ्जा तथा मङ्गला-५ अर्मनका कृषकहरुले लगाएको सुन्तलामा चाइनिज सिड्रस फुडफ्लाई जातको किराको प्रकोप देखिएको थियो । याे किराको प्रको...

बेनी नगरपालिकाको सुन्तला बगान

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३ मरेकको सुन्तला बगान । सुन्तला पकेट क्षेत्र मरेक नगरपालिका क्षेत्र भित्रको पुरानो सुन्तला बगान मध्येको एक हो ।