काठमाडौं : नक्कली भ्याट बिलमार्फत् राजस्व ठगीको मुद्दामा भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोरको संशोधित कर निर्धारण गर्ने निर्णयसहितका फाइल पेस गर्न सर्वोच्च अदालतले राजस्व विभागलाई आदेश दिएको छ।न्यायाधीशहरु तेजबहादुर केसी, सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले बिहीबार दोस्रो सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। नक्कली भ्याट बिल प्रकरणमा सर्वोच्चले यसअघि सुनुवाइ गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन