काठमाडौं : सर्वोच्च अदालतले संसद विघटनविरुद्धको मुद्दामा १५ घण्टामा बहस सक्ने गरी समय उपलब्ध गराउन आदेश दिएको छ।बुधबार बसेको संवैधानिक इजलासले बहसको समयसीमा तोक्दै १२ घण्टाभित्र पक्षका वकिलहरुले र तीन घण्टाभित्र सरकारको तर्फबाट प्रत्युत्तर बहस हुने आदेश गरेको हो। कानुन व्यवसायीले बढीमा आधा घण्टामात्र समय पाउने गरी निर्धारण गरिएको छ।यो मुद्दालाई चाँडो किनारा लगाउनु आवश्यक हुँदा निरन्तर सुनुवाइ प्रक्रिया अपनाइने जनाइएको छ। यो हिसाबले सुनुवाइ सुरू भएको दुई–तीन दिनमा फैसला आउन सक्ने अनुमान गरि