विकिलिक्सका संस्थापक जुलियन असान्जलाई जेलभित्रै विवाह गर्ने अनुमति मिलेको छ । जेलजीवन बिताइरहेका असान्जले आफ्नी पार्टनर स्टेल्ला मोरिससँग विवाह गर्न चाहेको भन्दै जेल प्रशासनमा निवेदन दिएका थिए । अविवाहित अवस्थामै यो जोडी दुई छोराका अभिभावक बनिसकेका छन् । असान्जले लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका बेला उनीहरुबीच सम्बन्ध बनेको थियो । दूतावासले शरण दिन अस्वीकार गरेपछि असान्जलाई प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले लण्डनस्थित बेलमार्स जेलमा छन् । जेलका गर्भनरले असान्जको निवेदनलाई