एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष – धुप बाल्दैमा गठबन्धन ढल्दैन (भिडियाे)

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् ।

सम्बन्धित सामग्री

गृहमन्त्रीलक्षित गगनको कटाक्ष: भगवानले ठगे पनि हुने, लुटे पनि हुने !

काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टी भन्नेहरु प्रश्नभन्दा पनि माथि रहेको टिप्पणी गरेका छन् । पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि रोकिएको संवाद यात्राको नवलपरासीबाट सुरुवात गर्दै महामन्त्री थापाले नयाँ भनिएका दलहरुले पार्टी प्रमुखलाई भगवानको दर्जा दिएको पनि टिप्पणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं […]

प्रचण्डमाथि ओलीको कटाक्ष  : जित्नु न सित्नु मन्त्री बनाउँछु भन्दै हिँडे

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाउँछु भन्दै झुठो आश्वासन बाँडेको बताएका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले चुनावी सभामा उम्मेदवारलाई जिताए मन्त्री बनाउँछु भन्दै प्रचण्डले झुठो आश्वासन दिएको बताएका हुन्। ‘यहाँ यत्रा सांसद छन् मन्त्री बनाउन सकेको छैन्। तनहुँ, चितवन र बारा गएर मन्त्री बनाउँछु भन्दै हिँडेका छन्।

ओलीको कटाक्ष : ६ महिने चटके मन्त्री हिरो बन्न खोज्ने ?

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शान्ति प्रक्रियाका नाममा पीडितलाई थप पीडा दिन लागिरहेको भन्दै गठबन्धन सरकारप्रति कटाक्ष गरेका छन् । उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगले कानुन संशोधन गर्न खोजेको आरोप लगाउँदै शान्ति प्रक्रिया देश र जनताका लागि टुंग्याउनुपर्नेमा जोड दिए । ‘शान्ति प्रक्रिया टुंग्याउछु भन्दै पीडितमाथि पीडा थपेर दमन गरेर एउटा मन्त्री कुदिरहेको देख्छु । पीडितहरुलाई बोलायो दिनभरी पर्खायो, अपमान गरेर फर्कायो । कस्ता अनाडी सरकारमा पुगेका छन् ?

लक्ष्मणलाल कर्णको कटाक्ष – ७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताए । ‘म तेस्रो चोटी संसद्‍मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्‍यो । उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्‍यो । त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास

लक्ष्मणलाल कर्णको कटाक्ष – ७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ

काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताए । ‘म तेस्रो चोटी संसद्‍मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्‍याे । […]

पर्यटन बोर्डका सीईओप्रति मन्त्री आलेको कटाक्ष, ‘यस्तो साँढेबाट बोर्ड चल्दैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई ‘साढे’को संज्ञा दिएका छन् । पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले डा. रेग्मी बोर्डको सीईओ रहेसम्म बोर्डले प्रगति गर्न नसक्ने दाबी गरेका छन् । ‘धेरै रिसाउनुभो जाउँ रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?’ आलेले प्रश्न गर्दै भने । उनले सीईओ रेग्मीले आफूलाई जबर्जस्ती बेलायत लगेको र त्यहाँ अपमानित भएको पनि बताए । ‘म जाँदै जान्न भन्दा जबर्जस्ती लग्यो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले, लण्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले स्मरण गर्दै भने, ‘म देशको मन्त्री, जनताले छानेर आएको, लन्डनमा गएर बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सीईओ बनाईराख्यो भने बोर्ड चल्छ ?’बेलायतबाट फर्किँदा तोकिएको भन्दा बढी रक्सि लिएर आएको विषयमा सीईओ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हात हालेपछि डा. रेग्मी विवादमा परेका थिए । उनी पुस  २ गते निलम्बनमा परेका थिए ।तर, सर्वोच्च अदालतले निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।